Uncategorized

पीपीएलका उत्कृष्ट तीन खेलाडीलाई मोटरसाइकल

काठमाडौं । पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेट र भिजी अटोमोबाइल्स प्रालिबीच सहकार्य हुने भएको छ ।

सुजुकी मोटर्सको आधिकारिक आयतकर्ता तथा वितरक भिजी अटोमोबाइल्सले पीपीएलमा उत्कृष्ट प्रदर्शन गर्ने तीन खेलाडीलाई १५५ सिसीको सुजुकी जिक्सर मोटरबाइक उपलब्ध गराउने भएको हो ।

प्रतियोगिताका म्यान अफ दि सिरिज, उत्कृष्ट ब्याट्म्यान र उत्कृष्ट बलरलाई सुजुकी जिक्सर बाइक प्रदान गरिनेछ ।

सम्झौतामा क्विन्स इभेन्ट्स म्यानेजमेन्टका प्रबन्ध निर्देशक छुम्बी लामा र भिजी अटोमोबाइल्सका मार्केटिङ म्यानेजर नवराज कोइरालाले हस्ताक्षर गरेका छन् ।

पोखरा पि्रमियर लिग कात्तिक ९ देखि २० गतेसम्म हुनेछ ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *