२७ असोज, काठमाडौं । नेपाली कांग्रेसका नेता चक्रप्रसाद बास्तोलाको अवस्था जटिल भएको छ ।
उनलाई शनिबार मध्याहृन बाँसबारीस्थित न्यूरो अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालले ४ बजे डिस्चार्ज गरेको छ र खुमलटारस्थित निवास लगिएको छ ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले अनलाइनखबरसँग भने, ‘उहाँको अवस्था निकै गम्भीर छ । चिकित्सकहरुकै सल्लाहमा अस्पतालबाट घर लगिएको छ ।’
बास्तोला झण्डै ६ वर्षदेखि अर्धचेत अवस्थामा थिए । उनको शनिबार दिउँसो खुमलटारस्थित निवासमै निधन भएको पारिवारिक श्रोतले जनाएको छ ।
१४ पुस २०६९ मा विराटनगरको बन्धु भेलामा सहभागी बास्तोलालाई ब्रेन अट्याक भएको थियो ।
भारतको मेदान्त अस्पतालमा सात महिना उपचारपछि उनलाई घर ल्याइएको थियो । बाँसबारीस्थित न्यूरो अस्पतालमा उपचार गराउँदा पनि उसको होस आएको थिएन ।
क्षमाप्रार्थीः कांग्रेस नेता बास्तोलाको अवस्थाबारे यसअघि प्रकाशित खबरका लागि क्षमाप्रार्थी छौं । बास्तोलाको अवस्था गम्भीर रहेको खबर आएपछि कांग्रेस कार्यालय र उनकी भान्जी सरिता प्रसाइले दिएको सूचनाका आधारमा खबर प्रकाशित गरेका थियौं । यसका बावजुद खबर प्रकाशनमा भएको गल्तीप्रति अनलाइनखबर परिवार क्षमा चाहन्छ ।



