Uncategorized

‘मानव बेचविखनविरुद्ध लडौं-जुटौं’ अभियानमा वाईपीओको साथ

२७ असोज, काठमाडौं । योब प्रेसिडेण्ट्स अर्गनाइजेसन (वाईपीओ) कलकत्ता, भारत च्याप्टरका सदस्यहरुले मानव बेचविखन विरुद्ध लड्ने सन्देशसहित १३००० फिट उचाईमा अवस्थित अन्नपूर्ण आधार शिविर पुगेका छन् ।

नेपालबाट धेरै संख्यामा मानवबेचविखन हुने गरेको छ, जहाँका दुर्गम र अविकसित क्षेत्रका किशोरीहरु र महिलाहरुलाई अनेक प्रलोभनमा फसाइन्छ र विभिन्न प्रयोजनका लागि उनीहरुको बेचविखन गरिन्छ ।

यस्ता नागरिकको सहयोगार्थ कोष खडा गर्न उनीहरुले उल्लेख्य योगदान दिएका छन् । वाईपीओ कलकत्ताका सदस्यहरु माइती नेपाल, जुन संस्था मानव बेचबिखनका विरुद्धमा सक्रिय भएर आवाज बुलन्द गर्दै यसको रोकथामका लागि निरन्तर रुपमा अहोरात्र क्रियाशील छ, उक्त गैर सरकारी संस्थासँग आबद्ध भएका छन् ।

वाईपीओ कलकत्ता च्याप्टरले यही ७ अक्टोबरदेखि १३ अक्टोबरसम्म एक ट्रेकको आयोजना मार्फत्१३००० फिटको उचाईमा अवस्थित अन्नपूर्ण आधार शिविरमा पुगेर कोषको लागि चन्दा उठाएका थिए । यो त्यति सहज पक्कै थिएन । यसको लागि शारीरिक तन्दुरुस्ती, बल, सहनशीलता र यी सबैभन्दा मुख्य एउटा उद्देश्यमा पैदल यात्रा गर्न उत्प्रेरित हुनु अत्यावश्यक पर्दछ ।

वाइपिओ कलकत्ता च्याप्टरका सबै १५ जना सदस्यहरुले मानव बेचविखन विरुद्धमा जनचेतना अभिवृद्धि गर्न एवं कोष खडा गर्न गंभीरताकासाथ आधार शिविरको सफल आरोहण गरेका थिए । संकलित कोषको सहायताबाट गैरसरकारी संस्थालाई दलालहरुको पन्जाबाट प्रत्यक्ष रुपमा ३० जना युवतीहरुको उद्धार गर्न सहयेाग पुग्नेछ र ५००० जनताहरु सूचना संप्रेषण र परामर्शबाट लाभान्वीत हुनेछन् भने  यसले समुदायलाई बेचविखन विरुद्धमा संगठित हुन अभिप्रेरित गर्नेछ ।

माइती नेपालले वाइपिओ कलकत्ता च्याप्टरका सदस्यहरुको सम्मानमा आयोजना गरेको समारोहलाई सम्बोधन गर्दै संस्थाका कार्यबाहक अध्यक्ष श्री विश्व खड्काले भने,’वाइपिओ कलकत्ता च्याप्टरको यो एक अत्यन्त सह्रानीय कार्य हो । यो कार्यबाट लैंगिक समानता भएको एक त्यस्तो समाज सिर्जना गर्नमा उल्लेखनीय योगदान पुग्नेछ, जहाँ कोही पनि बालिकाहरु बेचविखनको शिकार बन्ने छैनन्, शोषित पीडित हुने छैनन्र त्रासदीपूर्ण यातना सहन विवश हुने छैनन् ।’

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *