Uncategorized

बालक प्रिन्सले ल्याए दशैं गीत

२६ असोज, काठमाडौं । चितवन सौराहाका बालक प्रिन्स सिलवालले दशैंबारे गाएके नयाँ गीत बजारमा आएको छ ।

सिलवालले दशैंलाई लक्षित गरेर आफ्नो नयाँ गीत “दशै मनाउने हो” बजारमा ल्याएका हुन् । गीतमा रमेश पाठकको  शब्द र नरेन्द्र वियोगीले संगीत संयोजन रहेको छ ।

प्रिन्सलाई बालिका दिप्सी भट्टले स्वरमा साथ दिएकी छन् । गीतको भिडियो भने बुद्ध लामाले निर्देशन गरेका हुन् ।

उक्त गीतको भिडियो काठमाडौंको स्वयम्भु र फुटुङ आसपास छायांकन गरिएको थियो । भिडियोलाई दिपेन्द्र भट्टले खिचेका हुन् । दशैंका बेला बालबालिकामा देखिने खुसी र उमंगलाई म्यूजिक भिडियोमा सुन्दर ढंगले प्रस्तुत गरिएको छ ।

हेर्नुहोस् भिडियो
[youtube https://www.youtube.com/watch?v=d4kCikkg2aI]

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *