Uncategorized

यस्तो छ ‘बिग बी’ अमिताभ बच्चनको फिटनेस राज

बलिउड अभिनेता अमिताभ बच्चन बुधवार ७५ वर्ष पार गरी ७६ वर्षमा प्रवेश गरेका छन् । उनको जन्म ११ अक्टोबर, १९४२ मा भएको थियो । उनले सन् १९७३ मा भारतीय अभिनेत्री जया भादुरीसँग विवाह गरेका थिए ।

अभिषेक बच्चन तथा स्वेता बच्चनका पिता अमिताभको तौल ८० केजी र उचाई ६ फिट एक इन्च छ ।

भारतमा बिग वी, महानायकको नामले समेत परिचित अमिताभ बच्चन यो उमेरमा पनि दैनिक १६ घण्टा काममा व्यस्त रहन्छन् । टिभी तथा फिल्मको दुनियामा पनि उत्तिकै सक्रिय छन् ।

यसका बाबजुद उत्तिकै फिट तथा तन्दुरुस्त रहने अमिताभ बच्चन कुनै समय ट्युबरक्लोसिस तथा लिभर सिरोसिसजस्ता रोगबाट समेत ग्रसित थिए । उनले केही समय अगाडी एउटा रहस्यको उजागर गर्दै भनेका  थिए, हेपाटाइटिस बीका कारण उनको कलेजोको ७५ प्रतिशत भाग विगि्रएको छ भने उनको कलेजोको २५ प्रतिशत भागले मात्र काम गर्छ ।

स्वास्थ्य सम्बन्धि यति गम्भीर समस्याका बाबजुद अमिताभ बच्चनलाई के ले यत्ति धेरै सकि्रय रहन सहायता प्रदान गर्छ ? आखिर उनकेा फिटनेशको राज के हो ?

अभिताभ बच्चन ब्रेकफास्टमा एलोभेरा जुसको साथमा दुई गिलास तातो पानी खान्छन् । साथै तीस ग्राम ओट मिलको साथमा मनतातो दूधमा एउटा फलफूल खान्छन् । लञ्चमा उनी एक कचौरा दाल, तरकारीका साथमा गहुँको रोटी खान्छन् । बेलुकीको खानामा उनी एक कचौरा दाल , चिकन वा तीन वटा अण्डाको सेतो भाग खान रुचाउँछन् । उनी दिनमा दैनिक आठ गिलास पानीको सेवन गर्छन् ।

यसबाहेक पनि , उनी यी कुराहरु फलो गर्छन्, जसले उनलाई स्वस्थ एवं फिट रहन सहायता प्रदान गर्छ ।

नियमित एक्सरसाइज

अभिताभ बच्चन यो उमेरमा पनि एक्सरसाइज प्रति उत्तिकै अनुशासित छन् । उनी नियमित रुपमा व्यायाम गर्छन् । समयको कमी , कामको लोड तथा उमेरले उनको एक्सरसाइजको रुटिनलाई अलिकति प्रभावित पार्दैन ।

कुनै कारणवश  उनले विहानको एक्सरसाइज गर्न नपाएको खण्डमा बेलुकी अबेर नै भएपनि जिम जाने पूरा प्रयास गर्छन् । प्रसिद्ध फिटनेश ट्रेनर तथा डायटिसियन वृन्दा मेहता उनलाई  नियमित एक्सरसाइज गर्नमा सहायता गर्छिन् । त्यसबाहेक पनि अमिताभ नियमित रुपमा योगाासन गर्छन् ।

चिया कफीबाट टाढा

धेरैलाई सुनेर अचम्म लाग्ला तर यो सही हो, अमिताभ बच्चन चिसो पेय पदार्थमात्र होइन, चिया तथा कफी पनि खाँदैनन् । उनले सुरु देखि नै चिया वा कफी त्याग गरेका भने पटक्कै होइन । केही वर्ष अघिसम्म पनि अमिताभको रोजाईमा कफी थियो ।

चिया तथा कफीमा कैफीनको मात्रा धेरै भएका कारण यसले निश्चित उमेर पश्चात्त स्वास्थ्यमा नकारात्मक असर पार्न सुरु गर्ने भएको तथा यसको असर दिमाय तथा स्मरण शक्तिमा पनि पर्ने भएकोले नै हुनसक्छ, अमिताभ बच्चनले कफी तथा चियाको सेवन त्याग गरेको ।

पूर्णरुपमा शाकाहारी

अभिताभ बच्चन पूर्ण रुपमा शाकाहारी हुन् । उनी शाकाहारी भोजन मात्र सेवन गर्छन् । उनी जन्मजातै शाकाहारी भने अवश्यक होइनन् । केही वर्ष अघिसम्म पनि उनी तथा उनी पत्नी जया मांसहारी नै थिए । तर मांसहार त्यागे पश्चात्त उनी अहिले पूर्ण तया शाकाहारी बनेका छन् । स्वस्थ रहन शाकाहारी भोजन गर्नुका साथै उनी सन्तुलित भोजन गर्न रुचाउँछन् ।  त्यसैले उनलाई बलिउडमा फिट भेजिटेरियनको समेत उपाधी दिइएको छ ।

 नो कोल्ड ड्रिंक्स, नो सोडा

अभिताभ बच्चन न त कोल्ड ड्रिंक्स पिउँछन् न त सोडा नै । यो कुरा उनले धेरै अन्तवार्ताहरुमा पनि बताइसकेका छन् ।

कोल्ड डि्रक्स तथा प्यकेटमा  बन्द गरिएको विभिन्न पेय पदार्थलाई कार्बोनेट  गरिन्छ र त्यसमा चिनीको मात्रा बढी प्रयोग गरिएको हुन्छ । परिणामस्वरुप यो स्वास्थ्यका लागि हानिकारक मानिन्छ ।

मदिरा तथा वियरबाट पनि टाढा

धेरैलाई लाग्छ, अभिनेताहरुले मदिरा तथा वियरको सेवन गर्नु सामान्य कुरा हो । तर यो कुरा पनि सही हो कि, बलिउडमा यस्ता अभिनेताहरु पनि छन्, जो मदिराको सेवन कहिल्यै गर्दैनन् । त्यसमध्यको एक बिग बी अमिताभ बच्चन पनि हुन् । अभिताभ बच्चनले ३८ वर्ष अघि नै मदिराको त्याग गरिसकेका छन् । उनका अनुसार मदिराले शरीर तथा दिमागमा नकारात्मक  प्रभाव पार्छ ।

धुमपान गर्दैनन्

अभिताभ बच्चनले टिभीमा धेरै धुमपान गरेको देखिन्छ । तर वास्तविक जीवनमा उनले धेरै पहिले नै धुमपान त्यागिसकेका छन् ।

कागती पानीदेखि लगाव

अभिताभ बच्चनले एक टिभीसँगको अन्तर्वातामा भनेका थिए, उनलाई पेय पदार्थमा साधारण पानीका साथमा कागती पानी मन पर्छ । कागती पानीले पाचन प्रकि्रया सुदृढ बनाउनुका साथै पेटलाई सफा राख्न मद्दत गर्छ । जबकी साधारण पानी स्वस्थ शरीरका लागि निकै आवश्यक छ ।

मिठाई र चामल खादैनन्

अमिताभ बच्चन न त मिठाई खान्छन्, न त चामल नै खान्छन् । अर्थात उनी चिनी तथा कार्बोहाइड्रेटजन्य पदार्थबाट टाढै रहन्छन् । एक समय थियो, जतिबेला उनलाई जेरी तथा खीर खूब मनपर्थ्यो ।

तर उनले केही वर्ष अघि नै यी सबै खानेकुरा त्यागिसकेका छन् । किनकी सेतो चामलमा कार्बोहाइड्रेट्सको मात्रा बढी भएकोले यसको अधिक सेवन स्वास्थ्यका लागि हानीकारक मानिन्छ ।

चकलेट तथा पेस्ट्री खादैनन्

अमिताभ बच्चन चकलेट, पेस्ट्री तथा पान समेत खाँदैनन् । किनकी चकलेट तथा पेस्ट्रीमा क्यालोरीको मात्रा बढी हुन्छ ।

दैनिक एक चम्चा मह

अमिभाभ बच्चनको परिवारका प्रत्येक सदस्य दैनिक एक चम्चा महको सेवन गर्छन् । प्रसिद्ध अभिनेत्री तथा उनी बुहारी एश्वर्या रायले एउटा अन्तरवार्ताका क्रममा यो कुरा बताएकी थिइन् ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *