Uncategorized

सिन्धुलीमा बस खस्दा ३ जनाको मृत्यु, ४ जना घाइते

२६ असोज, सिन्धुली । सिन्धुलीको सुनकोशी गाउँपालिका ५ मूलकोटमा बस खस्दा ३ जनाको मृत्यु भएको छ ।

सिन्धुलीबाट काठमाडौं जाँदै गरेको ना ६ ख ९१२ नम्बरको बस सडकबाट ५ सय मिटर तल सुनकोशी नदीमा खस्दा एक जनाको घटनास्थलमा नै अरु २ जनाको उपचारका क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको हो ।

दुर्घटनामा सिन्धुपाल्चोक सुनकोशीी गाउँपालिका ८ का २८ वर्षका रवि खड्काको घटनास्थलमा नै मृत्यु भएको हेा । त्यस्तै बस चालक सिन्धुली मरिण गाउँपालिका ७ का २८ वर्षका राजकुमार लामा र सोही ठाउँमा २३ वर्षका अमित लामाको धुलिखेल अपतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जानकारी दिएको छ ।

दुर्घटनामा अन्य ४ जना घाइते भएका छन् । घाइतेको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । बसमा ७ चालकसहित ७ जनामात्र सवार रहेको प्रहरीले जनाएको छ । तिब्र गतिमा गुडेको बस अनियन्त्रित भई खसेको प्रहरीको भनाइ छ ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *