बिहीबार राति भएको मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले इराकलाई ४-० ले हराएको हो ।
अर्जेन्टिनालाई २१ वर्षीय लाउतारो मार्टिनेजले शुरुआती अग्रता दिलाएका थिए । राष्ट्रिय टिमका लागि उनको यो पहिलो गोल हो । थप गोल पाउलो डिबाला, जर्मन पजेला र फ्रान्को सेर्भीले गरे । इराकविरुद्ध अर्जेन्टिनाका अधिकांश युवा खेलाडीहरु मैदान उत्रिएका थिए ।



