Uncategorized

स्वस्थ रहन चाहनुहुन्छ ? दैनिक आधा घन्टा हिँड्ने बानी बसाल्नुहोस्

आधुनिक जीवनशैली सँगै हामी धेरै अल्छी हुन थालेका छौं । हामी सुविधाभोगी हुँदै गएका छौं त्यसै कारण आजभोली हाम्राे हिँड्ने बानी पनि हराइसकेकाे छ ।

घरबाहिर थोरै हिँडेर पुग्ने ठाँउमा जानको लागि पनि हामीलाई गाडी कगाडी वा मोटरसाइकल चाहिन्छ । बजार जान, अफिस जान वा डाक्टरसँग भेट्न जानको लागि पनि भने पनि गाडी बिना हामी हिँड्न सक्दैनौं चाहे त्यो पाँचै मिनेटमा हिँडेर पुग्ने ठाँउ किन नहोस् ।

हामीलाई धेरै हतारो छ जहाँ पनि छिटो पुग्नुपर्छ त्यस्तै यति अल्छी भएका छौं कि हिँड्न समेत भुलेका छौं । पैदल हिँड्नुस्वस्थ जीन्दगीको एक महत्वपूर्ण चाबी भन्ने थाहा हुँदा हुँदै पनि हामीलाई हिँड्न मन लाग्दैन ।

नियमित रुपमा नहिँड्ने यस्तो गलत बानीको कारण हामीले विभिन्न रोगहरुलाई निम्ता दिइरहेका छौं । नियमित शारीरिक व्यायाम र हिँडडुल नगर्नाले स्याँ-स्याँ हुने, हृदयघात, उच्च रक्तचाप, डायबिटिज मात्रै होइन क्यान्सर जस्ता गम्भिर बिरामीले हामीलाई चपेटामा पार्न सक्छ ।

दैनिक केहि समय पैदल हिँडेर हामीले आफ्नो तौल मात्रै घटाउन सक्ने होइन मांसपेसीलाई पनि मजबुत बनाउन सक्छौं । हड्डीहरु र जोर्नीहरुलाई मजबुत बनाउन सकिन्छ । साथै विहानविहानै हिँड्नाले बेचैनी र तनाव कम हुन्छ डिप्रेशनबाट मुक्त हुन पनि सहयोग पुग्छ ।

नियमित रुपमा दैनिक २० देखि ३० मिनेटको पैदलयात्राले मृत्युको खतरा २० प्रतिशत सम्म कम हुन सक्छ । यसको लागि तपाईंलाई दिनभर जिममा पसिना बगाउने आवश्यकता पनि पर्दैन । एक नयाँ अध्ययनबाट हरेक दिन औसत २२ मिनेटमात्रै पैदल हिँडेर मानिसले आफ्नो स्वास्थ्यमा धेरै सुधार गर्न सक्ने खुलासा भएको छ ।

‘अमेरिकन जर्नल अफ पि्रभेन्टिभ मेडिसिन’मा छापिएको यो अध्ययनको नतिजा अनुसार जो मानिस हरेक दिन कम्तिमा पनि २० देखि २० मिनेट हिँड्छन् उनीहरुलाई नियमित हिँड्न अल्छी गर्ने मानिसहरुलाई भन्दा मृत्युको खतरा २० प्रतिशत कम हुन्छ ।

यो अध्ययन पुरा हुन करिब १३ वर्षको समय लागेको थियो । अध्ययनकर्ताले निष्कर्शमा लेखेका छन्, ‘पैदल हिँड्नु आँफैमा एक पुरा कसरत हो । यसको लागि कुनै पनि किसिमको उपकरण वा सरसामान वा ट्रेनिङको आवश्यकता पर्दैन ।’

त्यसैले तपाईं पनि स्वस्थ र फिट रहन चाहनुहुन्छ भने नियमित कम्तीमा पनि २० देखि ३० मिनेटसम्म हिँड्ने बानी बसाल्नुहोस् ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *