Uncategorized

वामदेवको रहरले नेकपा शीर्ष तहमै विवाद – OnlineDarpan.com

[ad_1]


नेपाल कम्युनिष्ट पार्टीभित्र आन्तरिक एकतालाई लिएर विवाद चुलिरहेका बेला नेता वामदेव गौतमलाई उपनिर्वाचन लड्ने विषयले झनै विवाद बढाएको छ ।

नेकपाले बर्दिया निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा चुनावमा पराजित नेता गौतमलाई काठमाडौं ७ बाट निर्वाचित सांसदलाई राजीनामा गराएर संसदमा लैजाने प्रक्रिया सुरु गरेपछि यसले विवाद भने चर्काएको हो ।

मंगलबार नेकपाका सांसद रामवीर मानन्धरले पत्रकार सम्मेलनमार्फत गौतमका लागि राजीनामा दिने घोषणा गरेका थिए ।

सांसद मानन्धरले अध्यक्ष पुष्पकमल दाहाल र नेता गौतमसँग छलफल गरी राजीनामा दिन लागेको जनाएपछि नेकपाका सचिवालय सदस्य एव उपप्रधानमन्त्री ईश्वर पोखरेलले सामाजिक सञ्जालमा लामो प्रतिक्रिया लेख्दै दुर्भाग्य सम्भावनालाई पराजित गर्नुपर्ने बताएका छन् ।, आजको नागरिक दैनिककमा यो खबर छ ।

प्रचण्डले भने – वामदेवलाई उम्मेदवार बनाउने निर्णय भएको छैन

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले काठमाडौं निर्वाचन क्षेत्र नम्बर ७ मा नेता वामदेव गौतमलाई उम्मेदवार बनाउने निर्णय नभएको बताएका छन् ।

उनले नेता गौतमलाई उपनिर्वाचनमार्फत संसद्मा ल्याउने सन्दर्भमा काठमाडौं निर्वाचन क्षेत्र नं. ७ का सांसद रामवीर मानन्धर ले राजीनामा दिने चर्चाबारे पार्टीमा कुनै निर्णय नभएको बताएका हुन् ।

अध्यक्ष प्रचण्डले सिट गुमाउने गरी निर्वाचनमा नजाने बताउँदै उनले जित्ने गरी मात्र उम्मेदवार बनाउने बताए ।

बर्तमान सरकार ५ बर्षसम्म चल्न कुनै व्यवधान नरहेको बताउँदै उनले विकास, सुशासन र स्थिरताका लागि अझ प्रभावकारीरुपमा काम गर्न सकिने विश्वास व्यक्त गरे ।, आजको नेपाल समाचारपत्रमा यो खबर छ ।

 


[ad_2]

Source link

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *