Uncategorized

खडेरी पीडित अष्ट्रेलियाली किसानलार्इ सहयोग गर्न क्यानबेरामा दशैं कार्यक्रम

क्यानवेरा । तीन दशक भन्दा पुरानो इतिहास बोकेको क्यानवेराको नेपाली संस्था अष्ट्रेलिया नेपाल फ्रेन्डसिप सोसाईटीको आयोजनामा दशैं शुभकामना साँझ राजधानी क्यानवेरामा सम्पन्न भएको छ ।

दशैंको अवसर पारेर आयोजित शुभकामना साँझबाट संकलित रकमको केही भाग यहाँका खडेरी पीडित अष्ट्रेलियाली किसानहरुलाई सहयोग गरिने आयोजक संस्था अष्ट्रेलिया नेपाल फ्रेन्डसिप सोसाईटीका अध्यक्ष जीवन रानाले जानकारी दिए ।

अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा अष्ट्रेलियन क्यापिटल टेरिटोरी राज्य सरकारका परिवार, युवा र समाज कल्याण छायाँ मन्त्री एलिजाबेथ किक्केर्टले पनि उपस्थिति जनाएकी थिइन् ।

कार्यक्रको आरम्भमा प्रमुख अतिथि राजदूत शेर्पाले शुभकामना मन्तब्य राखेकी थिइन् भने छायाँ मन्त्री एलिजाबेथ किक्केर्टले नेपाली भाषामा नेपालीहरुको प्रशंसा गर्दै आत्मियताका केही शब्द बोलेकी थिइन् ।

क्यानवेरास्थित अल्बर्ट हलमा आयोजित उक्त कार्यक्रमा क्यानवेराका स्थानीय प्रवाशी नेपाली कलाकारहरुको बेजोड प्रस्तुति उपस्थित सबैले मन पराएका थिए  ।

नेपालीको हरेक विपदमा अष्ट्रेलियनहरुले लगाएको ऋण कहिल्यै चुक्ता गर्न नसके पनि खडेरी पीडित अष्ट्रेलियाली किशानको दुःखमा केही भएपनि राहत पुगोस भन्ने उदेश्यले कार्यक्रम आयोजना गरिको आयोजक संस्था अष्ट्रेलिया नेपाल फ्रेन्डसिप सोसाईटीले जनाएको छ ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *