महान पर्व बडादशैंको उल्लास सुरु भइसकेको छ । यस वर्षको असोज २४ बाट नौरथा सुरु हुँदैछ । नौरथामा नौ दिनसम्म दुर्गा भवानीको पूजा उपासना गरिन्छ ।
हिन्दू धर्माबलम्बी भक्तजनहरुले यी नौ दिनमा आफ्नो घरमा घटस्थापना गरि अखण्ड ज्योती स्थापना गरेर नौ दिनको उपवास राख्छन् ।
यसपाली नवरात्रमा घटस्थापना एवम् अखण्ड ज्योती प्रज्वलनको शुभ मुहुर्त कहिले छ त ?
विहान सवा छ देखि सवा नौ बजेसम्म
बिहान पौने ११ देखि सवा १२ बजेसम्म
बेलुका पौने पाँच देखि सवा ६ बजेसम्म
कलश स्थापना कसरी गर्ने ?
पूजा स्थलमा माटोको वेदी बनाएर त्यसमा जौँ, गहँु छर्नुहोस् । फेरि त्यसमा कलश राख्नुहोस् त्यसमाथि दुर्गा भवानीको मूर्ती प्रतिष्ठा गर्नुहोस् ।
मूर्ती यदि माटो वा कागजको छ भने अलि विचार पुर्याएर नबिग्रने गरि राख्नुहोस् । वा कलशमा स्वस्तिकको चिन्ह बनाएर दुर्गा भवानीको चित्र र शालीग्राम विराजमान गरेर भगवान विष्णुको पूजा गर्नुहोस् ।
दूर्गासम्पशतीको पाठ गर्नुहोस्
नवरात्रको आरम्भमा स्वस्तिक वाचन शान्तिपाठ गरेर संकल्प लिनुहोस् र प्रथम पुज्य भगवान श्रीगणेशको पूजा गरेर मातृका, लोकपाल, नवग्रह वा वरुणको विधिअनुसार पूजा गर्नुहोस् । उत्तर वा पूर्व दिशातिर फर्किएर पूजा गर्नुहोस् ।
यसपछि मुख्य मूर्तीको षोडशोपचार पूजा गर्नुहोस् । दुर्गा देवीको आराधना अनुष्ठानमा महाकाली, महालक्ष्मी र महासरस्वतीको पूजा तथा मार्कण्डेयपुराण अन्र्तगत निहित श्री दुर्गा सप्तशतीको पाठ नौ दिनसम्म गर्नुहोस् ।
यी कुरामा विचार गर्नुहोस्
यस क्रममा सम्भव भएसम्म अखण्ड दिप बाल्नुहोस् । यदि बत्ति घिउमा बाल्नुभएको छ भने त्यसलाई दुर्गाको मूर्तीको दाँयातर्फ राख्नुहोस् र यदि बत्ति तेलको बाल्नुभएको छ भने त्यसलाई मूर्तीको बाँयातर्फ राख्नुहोस् ।



