Uncategorized

सरकारलाई मनपरी गर्न दिइँदैन : लेखा समिति सभापति शाह

२२ असोज, बुटवल । सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहले सरकारलाई मनपरी गर्न नदिने बताएका छन् ।

बुटवलमा सोमबार पत्रकारसँगको साक्षातकारमा उनले सरकार गलत वाटोमा हिँडे नियन्त्रण गर्ने बताएका हुन् । ‘जहा पनि सरकारले मनपरी गर्न खोज्छ, सेना, शक्ति उसैको हुन्छ तर हामी निगरानी र खबरदारी गर्छौं’ उनले भने ‘नेपालमा अहिले ५ खर्बको बेरुजु छ, हामीले मसिनो गरी अध्ययन गर्दैछौं,सरकार गलत बाटोमा हिँडे हामीले नियन्त्रण गर्छौं। ’

सरकारका गतिविधि निगरानी गरिरहेको भन्दै ठूल आयोजनामा भ्रष्टाचार हुने सम्भावना रहेको र हल्लाहरु आइरहेको प्रति आफूहरु सचेत रहेको प्रष्ट पारे ।

संसदले बनाएका ऐन कानुन अनुसार सरकार अघि नबढे सरकार आफै फेल भएर जाने उनको भनाइ छ ।

सरकारले खरिद गरेको वाइडबडी विमानको मुल्य नै बढी छ, सार्वजनिक खरिद ऐनको विरुद्धमा रहेको भन्दै उनले प्रतिवेदनमाथि छलफल गरिरहेको जानकारी दिए ।

लेखा समितिले चिनीको खुद्रा मूल्य ६३ रुपैया कायम राख्न सरकारलाई निर्देशन दिएको भन्दै उनले चिनी उद्योगीले प्रधानमन्त्री केपी शर्मा ओलीसंगको भेटमा खुद्रा मूल्य ६३ रुपैयासम्म पर्ने बताएकाले त्यही मूल्य भन्दा बढी लिन नपाइने सभापति शाहले बताए ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *