Uncategorized

विनोद दास काठमाडौं किंग्स इलाभेनको डाइरेक्टर अफ क्रिकेटमा नियुक्त

काठमाडौं । नेपाली राष्ट्रिय टिमका पूर्वकप्तान तथा यु-१९ क्रिकेट टिमका प्रशिक्षक विनोद दास काठमाडौं किंग्स इलाभेनको डाइरेक्टर अफ क्रिकेटमा नियुक्त भएका छन् ।

काठमाडौंमा आइतबार कार्यक्रम गरी काठमाडौं किंग्स इलाभेनका सीओओ राजजंग थापा र विनोद दासले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

डाइरेक्टर अफ क्रिकेटको रुपमा नियुक्त भएका विनोदले अब नेपाली र विदेशी खेलाडीलाई राम्रो क्रिकेटको वातावरण बनाउने र प्रतियोगितामा राम्रो प्रदर्शन गर्न महत्वपूर्ण भूमिका खेल्ने सीओओ थापाले बताए ।

एभरेष्ट पि्रमियर लिग (ईपीएल) को ६ टिम मध्ये काठमाडौं किंग्स इलाभेन चर्चित प|mेन्चाइज टिम हो । काठमाडौं किंग्सले मसिंर २२ गतेदेखि लिगका लागि आयरल्यान्डका केभिन ओबि्रन, युएईका कप्तान रोहन मुस्तफा र जिम्बाब्वेका सिकन्दर राजालाई आफ्नो टिममा अनुबन्ध गरेको छ ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *