Uncategorized

बाँकेमा ट्रक र माइक्रो बस ठोक्किए, ४ जनाको मृत्यु

२० असोज, नेपालगञ्ज । पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाँकेको राप्ती सोनारी गाउँपालिकामा ट्रक र माइक्रो बस ठोक्किदा चार जनाको मृत्यु भएको छ । अन्य १७ जना घाइते भएका छन् ।

दाङबाट नेपालगञ्ज आउँदै गरेको रा १ ख १६६२ नम्बरको हाइस माइक्रो बस र नेपालगञ्जबाट विपरित दिशाबाट जाँदै गरेको लु १ ख ७७२९ नम्बरको ट्रक शनिबार बिहान करिब सवा ९ बजेतिर राप्ती सोनारी गाउँपालिका ९ मुगुवा खोला नजिक ठोक्किएका थिए ।

घाइतेहरुको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ । घटनास्थलमा डिएसपी रमेश बहादुर सिंह नेतृत्वको टोली उद्धारमा खटिएको छ ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *