Uncategorized

युरोपा लिगमा चेल्सीको लगातार दोस्रो जित

१९ असोज, काठमाडौं । युरोपा लिग फुटबलअन्तर्गत समूह एलमा रहेको इंग्लिस क्लब चेल्सीले हंगेरीको मोल भिडी एफसीलाई पराजित गरेको छ ।

बिहीबार राति आफ्नै घरेलु मैदानमा भएको खेलमा चेल्सीले मोल भिडीलाई १–० गोलले पराजित गर्दै समूह चरणमा लगातार जित निकालेको हो । चेल्सीको जितमा अल्भारो मोरटाले गोल गरे ।

पहिलो हाफसम्म मोल भिडीले उत्कृष्ट प्रदर्शन गर्दै चेल्सीलाई बराबरीमा रोकेको थियो । एकपछि अर्को आक्रमक खेल खेलेको चेल्सीको एट्याकिङलाई मोल भिडीका खेलाडीले विफल बनाएका थिए ।

मोल भिडीले दोस्रो हाफमा भने चेल्सीलाई रोक्न सकेन । खेलको ७० औं मिनेटमा मोरटाले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । बाँकी समयमा दुबै टिमबाट गोल हुन नसकेपछि चेल्सीले खेल १–० गोलले जितेको हो ।

यो समूहको अर्को खेलमा ग्रिसको पिएओकेले बेलारुसको बाटे बेरिसोभलाई ४–१ गोलअन्तरले पराजित गरेको छ ।

समूह एलमा रहेको चेल्सीको चेल्सीले २ खेलबाट ६ अंक भएको छ । त्यस्तै, पिएओकेले ३ अंक जोड्दा बेरिसोभको पनि ३ अंक नै रहेको छ । यता, मोल भिडी भने अंक विहीन रहेको छ ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *