१८ असोज, काडमाडौं । नेकपाको विद्यार्थी संगठन अखिल र अखिल (क्रान्तिकारी)ले प्रहरी महानिरीक्षक (आईजी) सर्बेन्द्र खनालको राजीनामा मागेका छन् ।
प्रतिनिधिसभा सदस्य तथा अखिलकी अध्यक्ष नविना लामा र क्रान्तिकारीका अध्यक्ष रंजित तामाङले बिहीबार गृहमन्त्री रामबहादुर थापा बादललाई ज्ञापनपत्र बुझाउँदै आईजी खनालको राजीनामा मागेका हुन् ।
जनताको जीउ धनको सुरक्षामा सिंगो प्रहरी संरचनालाई प्रभावकारी बनाउन असक्षम रहेकोले आईजी खनालको राजीनामा मागिएको अखिलका नेता आरसी लामिछानेले बताए ।


