Uncategorized

निम्बसको प्रोबायोटेक ईण्डष्ट्रिजले पायो आईएसओ

१८ असोज, काठमाडौं । पशु दाना उद्योगमा अग्रणी कम्पनीको प्रोबायोटेक इण्डष्ट्रिजले आईएसओ २२०००ः२००५ मान्यता पाएको छ । निम्बसका सबै खाने तेलले अन्तराष्ट्रिय गुणस्तर सङ्गठनबाट आईएसओ २२०००ः२००५ खाद्य सुरक्षाको मापक प्रमाण पत्र प्राप्त गरेको हो ।

प्रमाण पत्र प्राप्त उद्योगबाट उत्पादित उत्पादन खाद्य सुरक्षा र सुरक्षित उत्पादन प्रक्रिया अपनाएर गरिएको हुनाले उपभोक्ताको स्वास्थ्यको लागि सुरक्षित मानिन्छ । यस अघि निम्बसकै व्यञ्जन तेलले नेपाल गुणस्तर प्रमाणप्रत्र पनि प्राप्त गरेको थियो ।

‘निम्बस’ दैनिक उपभोग्य खाद्य सामाग्रीको उत्पादन र त्यसको बजार प्रबर्द्धन बिक्री वितरणमा पनि अग्रसर हुने भएको छ । त्यसका लागि निम्बसले आफ्ना उत्पादनलाई एक सय ओटा डिस्टि्रब्युटर मार्फत ४० जिल्लामा पुर्‍याएको छ ।

हाल कम्पनीले व्यन्जन र सुनौलो किरण ब्रान्डमा गुणस्तरीय खाने तेल उत्पादन गर्छ । जस अन्तर्गत सुर्यमुखी, तोरी, भटमास तेल उत्पादन हुन्छन् । यस्तै प्रोबायोटेकले नै भटमासको मस्यौरा, आटा, सुजी, दाल, मैदा आदी उत्पादन पनि चाडै नै बजारमा ल्याउने तयारी गरिरहेको छ ।

उत्पादित बस्तु नेपालमा मात्र नभई भारत लगायत अन्य देशहरुमा पनि निर्यात गर्ने कम्पनीको लक्ष्य रहेको छ ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *