Uncategorized

यतिको ७२ सिटे एटिआरबाट पोखरा-काठमाडौं उडान

१७ भदौ, काठमाडौं । बढ्दो बिमान सेवाको माग र पर्यटकीय सिजन सुरु भएसँगै यति एयरलाइन्सले ठूलो आकारका जहाजबाट काठमाण्डौं पोखरा-काठमाण्डौं उडान थालेको  छ । यतिले पछिल्लो पटक ल्याएको ७२ सिट क्षमताको एटिआर ७२-५०० जहाजबाट बुधबारदेखि काठमाण्डौं-पोखरा-काठमाण्डौं रुटमा उडानको तालिका बनाएको छ ।

यतिका सञ्चार अधिकृत भीमराज राईका अनुसार बुधबारदेखि दैनिक दुईवटा उडान एटिआर ७२-५०० बाट सुरू गरेको बताए ।  यात्रुको माग अनुसार उडान थप्न सकिने बताए । एटिआर बाहेक यतिले ३० सिट क्षमताको जेटस्टि्रम ४१ जहाजबाट पनि अरु उडान गर्ने बताए । एटिआर बाहेक यतीले यतिबेला काठमाण्डौं-पोखरा-काठमाण्डौं रुटमा दैनिक १२ वटासम्म उडान तालिका बनेपनि १० वटासम्म उडान नियमित रुपमा भइरहेको उनले बताए ।

७२ सिट भएपनि पोखरा विमानस्थलको धावनमार्ग कम भएकाले पूर्ण क्षमतामा भने यात्रु बोक्न सक्ने छैन । बढीमा ६० जना यात्रुहरु एउटा उडानबाट आउजाउ गर्ने गरी हालका लागी उडान थाल्ने राइले बताए । सुरुवात ६० जना यात्रु बोकेर गर्ने हो, उनले भने । राईका अनुसार यतीले हालका लागि एटिआर ७२ को दैनिक दुई उडान पोखराका लागि राखेको छ । हरेक दिन बिहान साढे ७ र ९ बजे उडान गर्ने तालिका तय गरेको उनले बताए ।

प्ाोखरा विमानस्थलका प्रमुख भोलाप्रसाद गुरागाँइले पनि यतिले ठूलो आकारको जहाजबाट उडान सुरु गर्न थालेको बताए । ‘एकैपटक धेरै यात्रु बोक्ने हुँदा आउजाउमा सहज हुनेछ,’ उनले भने, ‘ठूलो जहाजबाट उडान हुँदा हवाई टिकटको अभाव कम हुनेछ ।’

अहिले सिजनका बेला पोखरा-काठमाण्डौं रुटमा यात्रुले चाहेको बेला हवाइ टिकट पाउन सक्दैनन् । उनका अनुसार पोखरा विमानस्थलको धावनमार्ग एक हजार चार सय ४७ मिटर छ । धावनमार्ग छोटो हुनाले एटिआर ७२ ले पुरा यात्रु क्षमतामा यात्रु बोक्न सक्दैन । मौसम चिसो भएको बेला बढी भार बोक्न सक्छ ।

तातो हुँदा कम भार बोक्न सक्ने हो ।,’ गुरागाँइले भने, ‘गर्मिमा भन्दा जाडो महिनामा एटिआर ७२ ले धेरै यात्रु बोक्न सक्नेछ ।’ ‘जहाजको यात्रु बोक्ने क्षमता तापक्रमले फरक पार्दछ ।’ अहिले उडान भइरहेको जहाजले पनि सोही अनुसार यात्रु बोक्दै आएको बताउनुभयो ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *