Uncategorized

दी कर्मा गीतः नीताको जवानीको बजार लागेपछि

नायिका नीता ढुंगाना नृत्यमा सफल मानिन्छिन् । उनै, नीताको नृत्य रहेको चलचित्र ‘दि कर्मा’मा समावेश ‘बजार लाग्या छ’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । भिडियोमा चलचित्रका मुख्य कलाकार नीता र नायक करण वर्माको नृत्य छ ।

भिडियोमा नायिका परमिता आर एल राणाको रिसाहा अवतार देख्न सकिन्छ । साथमा कलाकार वुद्दि तामाङ र निर्देशक देवकुमार श्रेष्ठलाई पनि भिडियोमा देख्न सकिन्छ ।

यो गीतमा कोशिष क्षेत्रीको शब्द तथा संगीत, मनिषा पोखरेलको स्वर छ । रामजी लामिछानेले कोरियोग्राफी गरेको यो गीतको भिडियो औषत छ । जय रायको लगानीमा बनेको चलचित्रलाई देवकुमार श्रेष्ठले निर्देशन गरेका हुन् ।

यो चलचित्रले नेपाल र भारतको सिमानामा हुने गरेको अपराधाको घटनालाई देखाउन खोजेको छ । चलचित्रमा रामेश्वर कार्कीको छायांकन, अष्ट महर्जनको एक्सन छ । मंसिर ७ गतेबाट चलचित्र रिलिज हुदैछ ।
[youtube https://www.youtube.com/watch?v=Df75Pjs1_2c]

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *