Uncategorized

च्याम्पियन्स लिगमा रियल मड्रिडको अप्रत्यासित हार

काठमाडौं । युरोपियन च्याम्पियन रियल मड्रिडले च्याम्पियन्स लिगमा अप्रत्यासित हार व्यहोरेको छ । मंगलबार राति भएको खेलमा रुसी क्लब सीएसएकेए मस्कोले रियललाई १–० गोल अन्तरले हराएको हो ।

घरेलु मैदानमा भएको खेलमा मस्कोले दोस्रो मिनेटमा नै गोल गरेको थियो । रियलका टोजी क्रुजले दिएको ब्यापपासलाई निकोला भालासियाले खोस्दै गोलमा परिणत गरेका हुन् ।

ग्यारेथ बल विनाको रियल मड्रिडका करिम बेन्जिमा, कासिमेरो र मोरिआनोको प्रहार बारमा लागेको थियो ।

सीएसएकेए मस्कोका गोलकिपर इगोल अन्तिम मिनेटमा रातो कार्ड पाए ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *