Uncategorized

प्रदीप गिरीलाई घनश्याम भुसालको प्रश्न : हतियार उठाउने विपी कसरी गान्धीवादी ?

१६ असोज, काठमाडौं । ‘काठमाडौंमा आयोजित ‘२१ औं शताब्दीको लोकतन्त्र र गान्धी विचार’ विषयक विचार गोष्ठीमा नेपाल र भारतका विभिन्न दलका नेताहरु सहभागी थिए ।

नेपालका लागि भारतीय राजदुत्त राजदूत मंजिवसिंह पुरीले गान्धीको चर्चा गर्दै नेपाली कांग्रेसका नेता विपी कोइराला गान्धीबाटै प्रभावित भएर नेपाल आएको सुनाए ।

मञ्चमा सँगै रहेका नेपाली कांग्रेसका नेता प्रदीप गिरीलाई नेकपाका नेता घनश्याम भुसालले प्रश्न गरे, ‘तीन पटक हतियार उठाउने कांग्रेस, हतियार संकलन गर्ने विपी कोइराला । अनि, विपी गान्धीवादी नेता ?’

महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठाले मंगलबार अन्र्तराष्ट्रिय अहिंसा दिवस तथा १५० औं गान्धी जयन्तीका अवसरमा विचार गोष्ठीको आयोजना गरेको हो । प्रमुख वक्ताहरु थिए, कांग्रेसका गिरी र नेकपाका भुसाल । मञ्चमा भुसालले सोधेको प्रश्न पोडियममा पुगेपछि गिरीले सुनाएका हुन् ।

‘जीवनको एक चरणमा एक चरणमा गान्धी जातीय व्यवस्था मान्दैनथे । अर्को चरणमा उनी कुनै जनजातिको विवाहमा जाँदैनथे । कुनैबेला आफुलाई आंग्रेजको सिपाइ हुँ भन्थे र कुनैबेला अंग्रेजलाई सहयोग गर्न सेनामा भर्ति गर्न लगाए’ नेपाली कांग्रेसका नेता गिरीले गान्धीमाथिका प्रश्नहरुलाई केलाउँदै भने, ‘कुनै समय महिला अधिकारको अभियन्ता बने । त कुनै समय मुस्लिमलाई अधिकार दिइएन भनेर अनसन बने ।’

नेता गिरीले कृष्णप्रसाद भट्टराईलाई पनि गान्धीवादी नेताका रुपमा चित्रण गर्ने गरिएको तर रक्सी खाने भट्टराई कसरी गान्धीवादी हुन्छ ? भनेर प्रश्न गर्ने गरिएको भन्दै उनले त्यसको पनि जवाफ दिए । ‘रक्सी र बन्दुक भन्दा माथि थिए, महात्मा गान्धी ।’ नेता गिरीले गान्धीले यो वा त्यो खाऊ/नखाऊ भन्दा पनि सत्यका पक्षमा अडिक रहन सुझाएको र गान्धीवाद त्यही भएको अर्थ्याए ।

‘इज्जत र आत्मसम्मानका साथ जिउनु, कोही कसै (राज्य) सँग नडराउन र सत्यका पक्षमा अडिग रहनु नै गान्धीवाद हो’, नेता गिरी भन्छन्, हिन्दु र मुसलमान अलग होइनन् भनेर गान्धीले मानवतावादलाई अंगालेका छन् । हामीले गान्धीबाट सिक्ने यही हो ।’

गान्धी अहिंसावादी हुनु स्वभाविक परिस्थिति थियो : भुसाल

नेता घनश्याम भुसालले भने गान्धीलाई देवत्वकरण नगर्न आग्रह गरे । तत्कालिन परिस्थिति र परिवेशको मुल्याङ्कन नगरी गहिराईमा पुग्न नसकिने भन्दै उनले गान्धीलाई माक्र्सवादी कोणबाट हेर्नुपर्ने बताए ।

‘कुनै पनि व्यक्ति कस्तो समाजमा जन्मिन्छ, संस्कृति कस्तो छ, कुन सामाजिक घटना, कस्ता नेताहरु जन्मिन्छन्, कस्ता साहित्यहरु जन्मिन्छन्, कस्ता अन्तरविरोधहरु देखा पर्छन’, नेता भुसाल अगाडि भन्छन्, ‘कस्तो धर्म, कस्तो कानुन, कस्ता गीतहरु, कस्ता लोक गीतहरु लेखिन्छन् । यो कोणबाट हेर्ने हो भने, गान्धी अहिंसावादी हुनु स्वभाविक परिस्थिति थियो ।’

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *