Uncategorized

इन्धनको ट्याङ्करबाट २ सय ९५ किलो गाँजा तस्करी, एक जना पक्राउ

१६ असोज, काठमाडौं । लागूऔषध नियन्त्रण ब्यूरोले ठूलो परिमाणमा अवैध लागूऔषध गाँजाको चिप्पडसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बाराको जितपुर सिमरा उपमहानगरपालिका–२२, अम्लेखगञ्जका ३८ वर्षीय प्रल्हाद ठकुरी छन् ।

ब्यूरोका निमित्त प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्वराज पोखरेलका अनुसार इन्धन बोक्ने ट्याङ्करमा २ सय ९५ किलो गाँजाको चिप्पड तस्करी गरिँदै गरेको सूचनाको अाधारमा खटिएको ब्यूरोको टोलीले मंगलबार बिहान ठकुरीलाई पक्राउ गरेको हो ।

ठकुरी इन्धन ट्याङ्करका चालक हुन् । पोखरेलका अनुसार उनले त्यो गाँजा भारतको रक्सौलसम्म लाने जिम्मेवारी लिएका थिए ।

‘मकवानपुरबाटै त्यो गाँजा पठाइएको खुलेको छ । हामीले रक्सौलमा रिसिभ गर्ने व्यक्तिको पनि पहिचान भएको छ’, पोखरेलले थपे, ‘हामीले पक्राउ परेका व्यक्ति र बरामद गाँजालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय, मकवानपुर बुझाएका छौं । त्यहाँबाट थप फलोअप हुनेछ ।’

ट्याङ्करमा रहेको ५ वटा चेम्बर मध्ये २ वटा चेम्बरहरुमा प्लाष्टिकले बाँधेको २२ वटा पोकामा गाँजा भेटिएको उनको भनाइ छ । बरामद गाँजाको मूल्य अन्दाजी ४५ लाख बराबर रहेको ब्यूरोले जनाएको छ ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *