असोज १६, डोटी । डोटीको सायल गाउँपालिकाले एकल पूरुष र टुहुरा बालबालिकालाई मासिक भत्ता दिने निर्णाय गरेको छ ।
बिशेष गाउँसभाबाट एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता स्वरूप मासिक पाँच सय रूपैयाँ दिने निर्णय गरिएको अध्यक्ष तेजबहादुर डुम्रेले जानकारी दिए ।
गैरदलितलाई ६० वर्ष र दलितलाई ५० वर्ष पूरा भएपछि सामाजिक सुरक्षा भत्ता स्वरुपमा प्रत्येक महिना पाँच सय रुपैँया दिने सायल गाउँपालिकाले निर्णय गरेको हो ।
एकल महिला मात्र नभएर एकल पुरुषलाई पनि समस्या हुने भन्दै सामाजिक सुरक्षा भत्ता प्रदान गर्ने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष डुम्रेलको भनाइ छ ।
यस्तै गाउँपालिकाले आफ्नो क्षेत्रभित्रका टुहुरा बालबालिकाहरुलाई पढाइ खर्च स्वरुप प्रत्येक महिना एक हजार पाँच सय रुपँयाँ सहयोग गर्ने निर्णय पनि गरेको छ ।
गाउँपालिकाले बिशेष गाउँसभाबाट गरेको उक्त निर्णयबाट तीन दर्जन बालबालिका लाभान्वित हुने गाउँपालिकाका उपाध्यक्ष बिस्ना सिंहले बताइन् ।
गाउँसभाको यस निर्णयले आफन्तको घरमा बस्दै आएका टुहुरा बालबालिकाको पढाइ निरन्तर दिनका लागि सहयोग पुग्ने गाउँपालिकाले विश्वास लिएको उपाध्यक्ष सिंहको भनाइ छ ।

यो पनि पढ्नुहोस
बैतडीमा विधुरलाई पनि मासिक एक हजार



