Uncategorized

आश्माको फेसन

नव-नायिका आश्मा गिरीको फेसन फरक हुन्छ । पहिलो चलचित्र ‘ड्रिम गर्ल’को प्रदर्शन मिति बारम्बार सर्दा पनि उनलाई दिक्क भने लागेको छैन । उनले भनिन्-‘पक्कै पनि प्रतिक्षाको फल मिठो हुन्छ ।’

उनी आफ्नो प्रतिक्षा सफल हुनेमा ढुक्क छिन् । चलचित्रको ट्रेलर रिलिज कार्यक्रममा कर्ली कपाल र आकर्षक पहिरन लगाएर पुगेकी आश्मा लजाइन् ।

पहिलो चलचित्र भएकाले पनि कस्तो चल्ने हो भन्ने उनलाई कौतुहलता थियो । चलचित्रको छायांकनको समयमा उनले शरीर बनाउन पनि मिहिनेत गरेकी थिइन् । तर, अहिले उनको शरीर फेरि मोटाउन थालिसकेको छ ।

आश्मा गिरी युटुबमा हिट थिइन् । चलचित्रमा कस्तो चल्ने हुन् भन्ने प्रतिक्षा उनलाई पनि छ र दर्शकलाई पनि ।

तस्वीरः शंकर गिरी

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *