Uncategorized

नेपालको वन जोगाउन सहयोग गर्न कोरिया तयार

१६ असोज, काठमाडौं । दक्षिण कोरियाले नेपालको वन तथा पर्यावरण क्षेत्रमा आवश्यक आर्थिक तथा प्राविधिक सहयोग गर्न चासो देखाएको छ ।

मंगलबार वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतसँगको भेटमा नेपालका लागि कोरियाली राजदूत पार्कयोस सिकले सहकार्यको प्रस्ताव राखेका छन् ।

लामो समय युद्धबाट गुज्रिएको कोरियाले खाली जमिनमा जंगल विस्तार गरेको चर्चा गर्दै राजदूत सिकले नेपालसहित विकासशील मुलुकमा सोही पद्धति अबलम्बन गर्न सकिने बताए । कोरिया सरकारको हरियाली प्रवर्द्धन कार्यक्रमअन्तर्गत नेपालमा सहयोग गर्न तयार रहेको राजदूत सिकको भनाइ थियो ।

जवाफमा मन्त्री बस्नेतले कोरियाको अनुभव नेपालजस्ता तेस्रो विश्वका मुलुकहरुका लागि अनुकरणीय हुने भन्दै सहकार्यका लागि तयार रहेको बताए मन्त्री बस्नेतले केही वर्षअघि नेपालमा वन जंगल विनाश भएर मरुभूमिकरण हुने हो कि भन्ने विश्वसमुदायले चन्ता जाहेर गर्ने गरेको स्मरण गर्दै पछिल्लो समय नेपालको कुल क्षेत्रफलमध्ये करिब ४५ प्रतिशत भू-भाग वन क्षेत्रले ओगटेको दावी गरे ।

‘हामीले वन क्षेत्र र पर्यावरण संरक्षणमा धेरै राम्रो सफलता प्राप्त गरेका छौं’, मन्त्री बस्नेतले भन्नुभयो, ‘भर्खरै मात्र सार्वजनिक गरिएको बाघ गणनाको तथ्याङ्कले पनि त्यही देखाउँछ ।’

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *