Uncategorized

अवैध यौनसम्बन्ध लुकाउन जेठानीको हत्या गर्ने पक्राउ

१६ असोज, जनकपुर । जिल्ला प्रहरी कार्यालय, धनुषाले जेठानी हत्या आरोपमा देवरानीसहित २ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा हंसपुर नगरपालिका–८ कि देवरानी २४ वर्षीया विकाकुमारी मण्डल र सोही ठाउँ बस्ने २७ वर्षीया लालबाबु मण्डल छन् ।

दुवै जनाले अवैध सम्बन्ध लुकाउन धनुषाको हंसपुर नगरपालिका–८ कि २८ वर्षीया सञ्जुदेवी मण्डलको हत्या गरेको प्रहरीको दाबी छ ।

३ असोजमा सञ्जु आफ्नै कोठामा मृत फेला परेपछि थप अनुसन्धान र पोस्टमार्टम रिपोर्ट गरेर हेर्दा हत्या भएको खुलेको थियो ।

पक्राउ परेका विका र लालबाबुले अवैध सम्बन्ध लुकाउन सञ्जुको हत्या गरेको वयान दिएको जिल्ला प्रहरी कार्यालय, धनुषामा कार्यरत डीएसपी दीपेन्द्र शाहीले जानकारी दिए । विकाको श्रीमान् केही समयदेखि वैदेशिक रोजगारीमा छन् ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *