१५ असोज, काठमाडौं । सामसङ इलेक्ट्रोनिक्स नेपालले दसैं २०७५ को अवसरमा तोकिएका सामसङ स्मार्ट फोनहरुको खरिदमा आफ्ना ग्राहकहरुलाई आकर्षक क्यास व्याक अफर ल्याएको छ । ‘सामसङको दशैं अफर’ नाम दिइएको यो योजनामा ग्राहकहरुलाई उपहार स्वरुप क्यास ब्याक दिइएको कम्पनी बताउँछ ।
यो योजनालाई अझ बढी आकर्षक बनाउन, कुनै पनि स्मार्ट फोन खरिदकर्ता वा सामसङको ट्यावलेट खरिद गर्ने ग्राहकहरु मध्येबाट हरेक हप्ता (लगातार ४ हप्तासम्म), २ जना भाग्यशाली विजेताले सिंगापुर गई स्टार क्रुजमा जल यात्रा गर्न पाउन जनाइएको छ ।
दशैंको अवसरमा नयाँ उत्पादन खरिद गर्ने योजना बनाइरहेका ग्राहकहरुलाई लक्षित गरी यो योजना प्रस्तुत गरिएको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।


