Uncategorized

कैलालीको गोदावरीमा बस पल्टिँदा महिलाको मृत्यु

१५ असोज, कैलाली । कैलालीको गोदावरीमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

धनगढीबाट टीकापुरतर्फ गइरहेको से १ ख १०२५ नम्बरको बस गोदावरी नगरपालिका ९ बल्मीमा दुर्घटना हुँदा गौरीगंगा नगरपालिका ४ की ईश्वरी विनाडीको मृत्यु भएको हो ।

कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विनोद घिमिरेका अनुसार दुर्घटनामा गम्भीर घाइते विनाडीको पद्मा अस्पताल अत्तरियामा उपचारको क्रममा मृत्यु भएको हो ।

सुदूरपश्चिम यातायातको से १ ख १०२५ नम्बरको बस अनियन्त्रित भई सडक किनारमा पल्टिदा विनाडीलाई बसले च्यापेको थियो । बस दुर्घटनामा केही यात्रुसमेत घाइते भएका छन् । उनीहरुको पद्मा अस्पतालमा उपचार भइरहेको छ ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *