Uncategorized

बालिका सुरक्षाको माग गर्दै अधिकारकर्मीद्वारा प्रधानमन्त्रीको ध्यानाकर्षण

१५ असोज, वीरगञ्ज । देशभर बालिका र महिलामाथि बलात्कार, बलात्कार पछि हत्या र एसीड आक्रमणका घटना बढेपछि अधिकारकर्मीहरुले प्रधानमन्त्रीको ध्यानाकर्षण गरेका छन् ।

पर्सा जिल्लालगायत विभिन्न जिल्लाबाट क्रियाशील महिला अधिकारकर्मीहरुले जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका हुन् ।
महिला अधिकार मञ्चमा आवद्ध अधिकारकर्मीहरु जिल्लामार्फत प्रधानमन्त्रीलाई ९ बुँदे मागसहितको ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

पर्सामा प्रमुख जिल्ला अधिकारी लोकनाथ पौडेलमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको अधिकारकर्मी कोपिला चौलागाईले बताइन् । ‘८ महिनाको नाबालकदेखि जेष्ठ नागरिकमाथि, आफ्नै बाबुले छोरीको बलात्कार गरेको घटना बाहिरएको छ । यो लज्जाको विषय हो,’ उनले भनिन्, ‘२१ औं शताब्दीमा पनि महिला बालिकामाथि हुने यस्ता अमानवीय, अमर्यादित, पासविक घटना घटिरहँदा महिला घरभित्र र बाहिर कतै सुरक्षत छैनन भन्ने पुष्टि भएको छ । सुरक्षाका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका हौं ।’

महिला अधिकार मञ्चको ३७ जिल्लामा शाखा छ । प्रहरी प्रधान कार्यालयको तथ्याङकअनुसार अघिल्लो आर्थिक वर्षमा ११ सय ३७ र आर्थिक वर्ष ०७४/७५ मा १४८० वटा बलात्कारका घटना दर्ता भएका छन् ।

नेपाल सरकारले महिलामाथि हुने सबै प्रकारको भेदभाव उन्मुलन सम्बन्धी महासन्धी र अन्य मानव अधिकार सम्बन्धी महासन्धीमा हस्ताक्षर गरेर प्रतिबद्धता जनाउनुको साथै महिला हिंसाविरुद्ध शून्य सहनशिलताको नीति अपनाएको भएपनि व्यवहारमा त्यस्तो नदेखिएको आरोप उनीहरुको छ ।

घटना रोक्नका लागि पहल गर्न र अपराधीहरुलाई कारबाही गर्न प्रधानमन्त्रीले पहल गर्नुपर्ने माग अधिकारकर्मीहरुले गरेका छन् ।

महिला तथा बालबालिकाले सम्मान र मर्यादायुक्त जीवनयापन गर्न पाउने वातावराण निर्माण गर्नुपर्ने, घटनाको यथाशीघ्र अनुसन्धान गरि फाष्ट ट्रयाकबाट तत्काल कानुनी दायरामा ल्याएर कडा कारबाही गरिनुपर्ने, बलात्कारीलाई सर्बस्वसहित आजीवन काराबासको सजाय हुनुपर्ने, महिला बालबालिकाको सहयोगका लागि स्थापना गरिएको हेल्पलाईन प्रभावकारी बनाईनुपर्ने, सुरक्षित भएर हिडडुल गर्न पाउने मौलिक अधिकार सुनिश्चित गरिनुपर्ने लगायतका माग उनीहरुले ज्ञापन पत्रमा उल्लेख गरेका छन् ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *