Uncategorized

दशैंका लागि गुल्मीका तीन स्थानमा नागरिक सहायता कक्ष

१४ असोज, गुल्मी । गुल्मीमा दशै, तिहार पर्वका बेला यात्रुहरुलाई सुरक्षित यात्राको व्यावस्था मिलाउन नागरिक सहायता कक्षको स्थापना गरिएको छ ।

रिडी बसपार्क, बुढाथोकी बसपार्क र उदिनढुङ्गन बसपार्क गरी तीन स्थानमा नागरिक सहायता कक्षकोे स्थापना गरिएको हो । जिल्ला प्रहरी कार्यालय गुल्मी र जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीले नागरिक सहायता कक्षको स्थापना गरेका हुन् ।

दशैं तिहारकासमयमा बसपार्क क्षेत्रमा अत्यधिक भिड हुने भएकाले नागरिककै सजिलोको लागि सहयाता कक्ष स्थापना गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी गुल्मीका प्रहरी उपरीक्षक दिपककुमार बस्नेतले बताए ।

यात्रा गर्दा नागरिकले अनावश्यक सास्ती भोग्नुपर्ने, लुटिने तथा कुटिने चर्को मूल्य तिनुपर्ने समेतका घटनालाई मध्येनजर गरी नागरिक सहायता कक्ष स्थापना गरिएको बस्नेतले बताए ।

सहयता कक्षवाट सवै नागरिकलाई सचेत भएर यात्रा गर्नका लागि जनचेतना फैलाउने काम प्रहरीले गर्ने प्रहरी प्रमुख बस्नेतले बताए ।

सहज र सरल तरिकावाट यात्राका लागि वातावरण तयार गर्न यात्रु र सम्बन्धित यातायात ब्यवसायी संघ, संस्थासंग समन्वय गर्ने काम प्रहरीले गर्ने जिल्ला ट्राफिक कार्यालय गुल्मीका प्रहरी नायव निरीक्षक डोरबहादुर थापाले बताए ।

चाड पर्वका बेला हुनसक्ने आपराधिक कि्रयाकलाप नियन्त्रण, सवारी साधनको अस्वस्थ प्रतिस्प्रर्धालाई रोक्नसरल सहज यात्राका लागि पनि नागरिक सहायता कक्षवाट काम हुने जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव निरीक्षक शिवबहादुर खत्रीले बताए ।

तम्घासको बसपार्कमा स्थापना भएको सहायता कक्षमा चौविसै घण्टा प्रहरीहरुले सेवा प्रदान गर्ने बताइएको छ । यात्रुहरुलाई सजग र सुरक्षित यात्राका लागि समय समयमा माईकिङ गर्ने प्रहरीले जनाएको छ ।

नागरिक सहायता कक्षमा नागरिकले आफ्ना समस्या र गुनासाहरु पनि राख्न सक्नेछन् । यो अवधिमा दुर्घटना हुने भएका सवारी चेक जाँच, ओभर लोड र मापासेलाई कडाइका साथ लैजाने जिल्ला ट्राफिक प्रमुख प्रहरी नायव निरीक्षक थापाले बताए ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *