१४ असोज, सुनसरी । भारतबाट छिरेका हतियारधारी समूहले गोली प्रहार गरी हत्या गरेको सुनसरीस्थित भुटाहाका खुर्सिद अन्सारीको परिवारलाई राहत स्वरुप सरकारले १० लाख रुपैयाँ प्रदान गरेको छ ।
खुर्सिदको ११ औं दिनमा खुर्सिदकै गाउँमा आयोजित श्रद्धाञ्जली सभामा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले मृतक अन्सारीकी श्रीमती मौलानालाई चेक हस्तान्तरण गरेका हुन् । सभामा प्रदेश १ का मुख्यमन्त्री शेरधन राई पनि उपस्थित थिए ।
उनले घटनामा संलग्न अपराधी सात समुद्र पार भए पनि कानुनी दायरामा ल्याइ छाड्ने बताए । ‘देश स्थिरतातर्फ जान रोक्ने शक्तिले खुर्सिदमाथि आक्रमण गरेको हो’, थापाले भने ।
सोही अवसरमा आलमको परिवारलाई शहिद घोषणाको प्रमाण पत्र समेत प्रदान गरिएको छ । अन्सारी हत्याको अनुसन्धानका लागि प्रदेश १ प्रहरी कार्यालयका एसएसपी किशोर दाहालको नेतृत्वमा प्रहरी टोली खटिएको छ ।

यो पनि पढ्नुहोस
सुनसरीका खुर्सिदको हत्यामा भारतीय सुरक्षाकर्मीको संलग्नता ?

यो पनि पढ्नुहोस
८ बुँदे सहमतिपछि खुर्सिदको शव उठाइयो



