Uncategorized

बालबालिकाले खाने कुरामा कृतिम चिनी, स्वास्थ्यमा कस्तो असर पर्छ ?  

दैनिक आफ्ना बालबच्चाले के कस्ता खानेकुरा खाइरहेका छन् ? ति खानेकुरामा चिनीको मात्रा कति होला ? के त्यसले उनीहरुको स्वास्थ्यमा असर पो गरिरहेको छ कि ? शंका गर्नुपर्ने भएको छ ।

विभिन्न अध्ययनले के देखाएको छ भने, बच्चाहरुमा चिनीको प्रयोग अत्याधिक बढेको छ । विभिन्न खानेकुराको माध्यामबाट उनीहरु आवश्यक्ताभन्दा बढी चिनी सेवन गरिरहेका छन् । जबकी चिनीको सेवन आफैमा स्वास्थ्यमैत्री छैन । अमेरिकन हार्ट एशोसिएसनले दुई देखि १८ वर्ष उमेर समूहका बालबालिकालाई दैनिक छ चिया चम्चा बराबर चिनी सेवन गर्न सुझाव दिएको छ ।

उदेगलाग्दो चाहि के छ भने, अमेरिका लगायत विश्वका अधिकांश मुलुकमा बालबालिकाहरुमा चिनीको सेवन दोब्बर भन्दा बढीले हुने गरेको विभिन्न अध्ययनले देखाएको छ ।

अझ केही शोधहरुले जनाए अनुसार त जन्मेको एक वर्ष नपुग्दै बालबालिकाहरुमा चिनीको सेवन अमेरिकन हार्ट एशोसिएशनले सिफारिश गरेभन्दा बढी भएको पाइएको थियो ।

चिनीको अदृश्य स्रोत

आखिर, सबै खाद्यान्नहरुमा चिनी कहाँबाट आइरहेको छ ? अमेरिकास्थित याम प्रोजेक्टकी संस्थापक तथा बाल रोग विशेषज्ञ डा. निलामी फर्नान्डोका अनुसार खानामा चिनी ती खानेकुराबाट आइरहेका छन्, जसको अभिभावकहरुले कल्पना समेत गरेका हुँदैनन् ।

कयौ अभिभावकहरु यस्ता खानेकुराको चपेटामा आउने गरेका छन्, जुन उनीहरु सोच्छन्, स्वस्थवर्दक  छ । जबकी ती खाद्याान्नमा जतिको कृतिम चिनीको प्रयोग अरुमा कमै गरिएको पाइन्छ ।

विशेषगरी, हामीले स्वास्थ्यवर्दक ठान्ने ग्रानोला बार, प्रोटिन बार लगायत बालबालिकाले सेवन गर्ने चकलेट तथा बार लगायतमध्उ कयौमा यति धेरै चिनी प्रयोग गरिएको हुन्छ, जति क्यान्डी बारमा हुन्छ ।

दहीमा पनि कृतिम चिनी ?

दही पनि यसबाट अछुतो छैन ।  क्याल्सियम, प्रोटिन तथा प्रो-बायोटिक्सको उच्च स्रोत मानिएको  फ्लेवरयुक्त दहीमा पनि कृतिम चिनीको प्रयोग बढी भएको पाइन्छ ।

त्यसैले त बच्चाहरुलाई मनपर्ने खानेकुरा के हो भनेर अभिभावकहरुलाई सोध्यो भने, उनीहरु भन्छन्,  ‘दही’ । किनकी विभिन्न्न स्वाद र फ्लेवरमा पाइने दहीमा यति धेरै चिनीको प्रयोग गरिएको हुन्छ कि बालबालिका मात्र हैन, ठूलै मानिसहरु पनि दही भनेपछि हुरुक्कै हुने गर्छन् । ‘शायद यही कारणले हुनसक्छ, म दहीलाई आइसक्रिमकै श्रेणीमा राख्न रुचाउँछु’ , फर्नान्डोले भनिन् ।

अभिभावकहरुलाई फर्नान्डोको एउटा सुझाव छ । यदी बालबालिकाहरुलाई दही सेवन गर्न दिने हो भने सादा दहीमा महका साथमा केही टुक्रा फलफुल मिसाएर सेवन गर्न दिऊँ । यसले दहीलाई मिठो तथा स्वादिलो त बनाउँछ नै । चिनीको मात्रालाई नियन्त्रण गर्न पनि सघाउ पुर्‍याउँछ ।’

कसलाई कति चिनी आवश्यक

तर, कुन उमेर समूहका बच्चालाई कति चिनी सेवन गर्न दिने भन्नेबारे हामी धेरै अनभिज्ञ छौ । यसकै कारण कतिपय अभिभावक दिग्भ्रमित पनि हुने गरेका छन् ।

जबकी विशेषज्ञ चिकित्सकहरुले बाल्यावस्थाको सुरुवाती चरणमा चम्चाले नापेर चिनीको सेवन  गराउन सुझाव दिने गर्छन् । त्यस्तै, पोषणको हिसाबले ग्रामबाट सुरु गर्न सुझाव दिने गर्छन् । स्मरण रहोस्, एउटा चम्चामा चार ग्राम चिनी हुन्छ । यसको अर्थ के हो भने बालबालिकाले दिनमा २४ ग्राम भन्दा बण्ढी चिनीको सेवन गर्नु हुँदैन ।

फलफूलमा मात्र प्राकृतिक चिनी

त्यसो त, प्राकृतिक तथा कृतिम चिनीलाई लिएर पनि कयौ मानिस दिग्भ्रमित हुने गर्छन् । जबकी बुझ्नु पर्ने कुरा के हो भने प्राकृतिक चिनी विशेषगरी फलफुलमा मात्र पाइन्छ । र, यसले स्वास्थ्यलाई पनि खासै हानी गर्दैन । किनकी त्यस्ता चिनी फाइबरयुक्त खानेकुरामा बढी पाइने हुदाँ यसलाई शरीरले पनि  छिटै अवशोषित गर्दछ ।

जबकी कृतिम अर्थात प्रोसेस्ड गरिएको चिनीमा खानाको स्वाद बढाउने गुलियो एजेन्ट मात्र प्रयोग गरिएको हुन्छ । जुन आफैमा कृतिम भएका कारण यसले शरीरलाई खासै फाइदा गर्दैन ।

प्राकृतिक र कृतिम चिनी छुट्याउनै गाह्रो

फर्नान्डोका अनुसार कुनै पनि खाद्य वस्तुमा टासिएको लेभलमा चिनीको मात्रा सुचीकृत मात्र गरिने हुदाँ त्यसमा पाइने चिनी कृतिम हो कि प्राकृतिक भनेर छुट्याउन समेत मुश्किल पर्ने गर्छ ।

यसकै फाइदा उठाएर विश्वका कयौ कम्पनीहरुमा चिनीको विक्री वितरण ६० भन्दा बढी नामबाट हुने गर्छ । त्यसैले पनि, खरीदकर्ताहरुलाई त्यसमा प्रयोग भएको चिनीको मात्रा कति छ भनेर पत्ता लगाउन लगभग असम्भव हुने गर्छ ।

र, यही समस्यालाई कम गर्न अमेरिकी खाद्य तथा औषधी प्रशासन (एफडीए)ले सन् २०२० सम्ममा कृतिम चिनीलाई सुचीवद्ध गर्ने अपेक्षा गरिएको छ ।

‘कयौ कम्पनीहरुले खाद्य सामाग्रीको लेभलको तल त्यस्ता नामलाई लुकाउने प्रयास गरेका हुन्छन् ।  परिणामस्वरुप, खरीदकर्तालाई लाग्छ, उक्त खाद्य वस्तुमा चिनीको मात्रा धेरै कम छ । तर यदी ती सबैलाई ध्यान दिएर हेर्ने हो भने त्यसमा अधिक मात्रामा चिनीको प्रयोग गरिएको हुनसक्छ’, फर्नान्डोले भनिन् ।

परिणामस्वरुप , उपभोक्ताहरुलाई चकलेट, कुकिज, दही लगायतका खाद्यान्नमा प्रयोग गरिएको चिनी सही हो कि हैन भनेर छुट्याउन मुश्किल पर्ने गर्छ ।

यस्ता समस्याबाट बच्नका लागि फर्नान्डो प्रत्येक अभिभावकलाई एउटै मात्र सुझाव दिन्छिन्, ‘जब चिनी वा अन्य कुनै गुलियोको कुरा आउँछ, खाद्यवस्तुमा टाँसिएको लेभरबारे सर्किण बन्न जरुरी छ र  र बच्चाहरुलाई पनि लेभलमा लेखिएका प्रत्येक अक्षरबारे विस्तृतमा बुझाउन आवश्यक छ ।’ ।

यसले बालबालिकामा खाद्यान्नको खरीद तथा विक्री गर्दा  निर्णय लिने क्षमता विकास मात्र नभए उनीहरुलाई जीवन उपयोगी सीप समेत सिकाउनमा महत्वपूर्ण भूमिका खेल्ने फर्नान्डोको अपेक्षा छ । – एजेन्सीको सहयोगमा

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *