Uncategorized

सानिमा बैंकद्धारा भिसा कार्ड अनलाइन पेमेन्टको शुरुवात

१२ असोज, काठमाडौं । सानिमा बैंकले सुरक्षित भिसा कार्ड अनलाइन पेमेन्ट सेवाको सुरुवात गरेको छ । यो सेवाबाट ग्राहकले सानिमा बैंकका सबै भिसा डेबिट र क्रेडिट कार्डहरु प्रयोग गरी सुरक्षित अनलाइन कारोबार गर्न सक्ने बैंकले जनाएको छ ।

यो सेवाका लागि सानिमा बैंकका ग्राहकले बैंकको आधिकारीक वेबसाइटमा गएर भिसा कार्डका आवश्यक विवरण भरेर सुचारु गराउन सक्ने विज्ञप्तिमा उल्लेख छ ।

यो सेवा लिइसकेपछि ग्राहकहरुले सहज र सुरक्षित तरिकाले होटल बुकिङ्ग, एयरलाइन्स टिकट, शपिङ्ग जस्ता सुबिधाहरु इन्टरनेटका माध्यमबाट लिन सक्ने बैंकले जानकारी दिएको छ ।

यस्तै ग्राहकहरुले यही सेवा प्रयोग गरि यती एयरलाइन्सको अनलाइन टिकट खरिद गरेवापत २ प्रतिशत क्याब्याक समेत प्राप्त गर्न सक्ने बताइएको छ ।

यो सुविधा भिसा कार्डको भेरिफाइड बाइ भिसा सेवा अन्तर्गत सुचारु गरिएको सानिमा बैंकले जनाएको छ ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *