Uncategorized

एनसेल ‘रिचार्ज एण्ड विन’ अफरः तेस्राे हप्ताका विजेताले पाए नगद एक लाख

१२ असाेज, काठमाडाैं ।  एनसेल प्राईभेट लिमिटेडले नजिकिँदै गरेको चाडपर्वको अवसरमा सञ्चालन गरिरहेको आकर्षक ‘रिचार्ज एण्ड विन’ अफर अन्तर्गत यही असोज ११ गते (बिहिवार) तेस्रो हप्ताका विजेताहरुलाई नगद पुरस्कार हस्तान्तरण गरेको छ ।

‘रिचार्ज एण्ड विन’ १० हप्ता सम्ममा सञ्चालनमा रहने अफर हो । तेस्रो हप्ताका विजेताहरु मंगलबार (असोज ९ गते) एपी वान टेलिभिजनमा प्रत्यक्ष प्रशारण गरिएको लाईभ ड्र कार्यक्रममार्फत छानिएका हुन् ।

तेस्रो हप्ताका १० भाग्यशाली विजेता ग्राहकहरु मध्ये आठ जनाले बिहिबार जनही नगद रु एक लाख पुरस्कार ग्रहण गरेका छन् । यस हप्ताका घोषित कुल १० जना विजेताहरु मध्ये एक जनाको पहिचान तथा प्रमाणित गर्ने काम भईरहेको छ भने एकजना विजेता योजनाको शर्त बमोजिम पुरस्कार पाउनका लागि अयोग्य ठहरिएकोले उनको स्थानमा एक नयाँ भाग्यशाली ग्राहकको छनौट अर्को हप्ता गरिने एनसेलले बताएको छ ।

एनसेलले भाग्यशाली विजयी ग्राहकहरुलाई काठमाडौं लगायत उपत्यका बाहिर अवस्थित एनसेल सेन्टरहरुबाट नगद पुरस्कार प्रदान गर्नेछ ।

एनसेलका प्रमुख सूचना अधिकृत विशाल उपाध्यायले काठमाडौंमा बिहीबार आयोजित एक कार्यक्रमका बीच तेस्रो हप्ताका आठ विजयीहरु तिलमाया मानन्धर (स्याङ्जा),  माधव भण्डारी (दाङ्ग), मिरा चेपाङ्ग (गोरखा), पासपति चौधरी (नवलपरासी), अमिर सारु (रुपन्देही), पल्टु चौधरी (सुनसरी), डोल कुमारी मगर (रौतहट) र पद्म कुमारी दंगाल (सिन्धुपाल्चोक) लाई जनही रु एक लाख नगद पुरस्कार हस्तान्तरण गरेका हुन् ।

सोही कार्यक्रममा उपाध्यायले पहिलो हप्ताको पुरस्कार ग्रहण गर्न बाँकी मध्येका एक दयपुरका खिल बहादुर तामाङ्ग र दोस्रो हप्ताको विजयी मध्येका २ जना ग्राहक काभ्रेपलाञ्चोककी शान्ति तामाङ्ग र तनहुँका खड्ग बहादुर श्रेष्ठलाई पनि नगद पुरस्कार प्रदान गरे । यसै हप्ता कम्पनीले पहिलो हप्ताका एक विजेता पर्साका गौतम पौडेललाई पनि उनको भक्तपुर स्थित कार्यलयमा पुगेर नगद पुरस्कार हस्तान्तरण गरको छ ।

बिहीबार नै एनसेलले पहिलो हप्ताका विजेता मध्येका एक सिराहाकी अरुहिलिया देवी साहलाई एनसेल सेन्टर लाहानबाट नगद पुरस्कार प्रदान गरेको छ । साथै कम्पनीले दोस्रो हप्ताका विजयीहरु नवलपरासीकी नन्द कुमारी जिसीलाई एनसेल सेन्टर बुटवलबाट, कन्चनपुरका हरिन्द्र सिंहलाई एनसेल सेन्टर महेन्द्रनगरबाट, झापाका रितेश भुषाल र नर माया चापागाँईलाई एनसेल सेन्टर बिर्तामोडबाट र भोजपुरकी चन्द्रकला राईलाई इटहरी स्थित एनसेल सेन्टरबाट नगद पुरस्कार हस्तान्तरण गरेको छ ।

‘रिचार्ज एण्ड विन’ अफर भाद्र १७ गतेबाट संचालनमा रहेको छ । यस योजनामा सप्ताहभर रु १०० वा सो भन्दा बढी रिचार्ज गर्ने एनसेलका सम्पूर्ण प्रिपेड तथा पोस्टपेड ग्राहकले आकर्षक नगद पुरस्कार जित्ने अवसर प्राप्त गर्ने कम्पनी बताउँछ । यो योजना अन्तर्गत प्रत्येक हप्ता १० जना विजयी ग्राहकले जनही खुद एक लाख रूपैयाँ नगद पुरस्कार र नगद पुरस्कारमा लाग्ने कर कम्पनीले नै व्यहोर्ने जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

यो योजना साप्ताहिक चक्रमा संचालन भईरहेको छ, जसको शुरुवात आइतबार हुन्छ भने समापन शनिबार हुन्छ । ग्राहकले आइतबार देखि शनिबार सम्मको अवधिमा गरेको प्रत्येक  १०० रूपैयाँ बराबरको रिचार्जका आधारमा एसएमएस मार्फत एउटा कोड प्राप्त गर्छन् । उदाहरणको लागि ग्राहकले आइतबार देखि शनिबार सम्ममा २५० रूपैयाँको रिचार्ज गरेका छन् भने सो सप्ताह लगत्तैको सोमबार सम्ममा एसएमएस मार्फत दुई वटा विशेष कोडहरु प्राप्त गर्छन् ।

प्रत्येक हप्ताको १० भाग्यशाली ग्राहकहरुको छनौट मंगलवार प्रत्यक्ष प्रशारण हुने लाइभ ड्र कार्यक्रम मार्फत गरिन्छ । चर्चित व्यक्तित्वहरुको उपस्थितीमा हुने सो कार्यक्रम मंगलबार साँझ ७ः०० बजे एपी वान टेलिभिजनमा प्रत्यक्ष प्रसारण हुन्छ ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *