Uncategorized

परिणितीले पहिलोपटक गराइन् विकिनी फोटोसुट

बलिउडकी चुल्बुले नायिका परिणिती चोपडा केही समयअघिसम्म मोटी थिइन् । तर, उनले के जादु गरेर हो, एकाएक ज्यान घटाइन् । अहिले उनी ‘स्लीम एन्ड सेक्सी’ बनिसकेकी छन् ।

मोटो ज्यानकै अंग प्रदर्शनबाट हच्किदै आएकी परिणिती अब धक फुकाएर आफ्नो शरीर देखाउन सक्छिन् । उनले हालै फिल्म फेयर म्यागजिनका लागि फोटोसुट गराएकी छन् । पहिलोपटक उनले विकिनी लगाएर यो फोटोसुट गरेकी हुन् । विकिनीमा उनी गज्जब देखिएकी छन् ।

फिल्मफेयरको अक्टोबर अंकका लागि यो फोटोसुट गरिएको हो । परिणिती चाँडै फिल्म ‘नमस्ते लन्डन’ मा देखिनेछिन् । यो फिल्ममा उनले अर्जुन कपुरसँग जोडी गाँसेकी छन् । अहिले फिल्मको प्रमोसनमा उनीहरु व्यस्त छन् ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *