Uncategorized

हेराल्ड कलेजद्वारा लेभल सिक्सको अध्यापन शुरू

११ असाेज, काठमाडाैं । काठमाडौंको विशालनगरमा रहेकाे हेराल्ड कलेज काठमाडौंले बेलायतस्थित उल्भरहेम्टन विश्वविद्यालयको सम्बन्धनमा बिएस्सी अनर्स कम्प्युटर साइन्स अन्तर्गत लेभल सिक्सको अध्यापन शुरू गरेको छ ।

बेलायती शिक्षण पद्दति अन्तर्गत नेपालका विभिन्न शिक्षण संस्थाबाट लेभल फोर र फाइभ अध्ययन पूरा गरेका विद्यार्थीले अनिवार्य रुपमा लेभल सिक्स अध्ययन गर्नैपर्छ ।

यसै सिलसिलामा कलेजको भ्रमणमा रहेकी विश्वविद्यालयकी विज्ञान र इन्जिनियरिङ संकायकी डीन प्रा. नजिरा करोडियाले नेपालका विद्यार्थी मेहेनती र लगनशील भएको दाबी गरिन् । उल्भरहेम्टन विश्वविद्यालयको साझेदारीमा सञ्चालित हेराल्ड कलेज काठमाडौंको बीएस्सी अनर्सको अन्तिम वर्षको अध्यापन शुरूवात गर्न नेपाल आएकी करोडियाले पश्चिमा मुलुकभन्दा नेपालमा सूचना प्रविधि सम्बन्धी शिक्षामा छात्राको उपस्थिति उल्लेख्य रहेको बताइन् ।

उनले भनिन्, ‘छात्राले सूचना प्रविधि क्षेत्रमा उल्लेखनीय योगदान गर्न सफल भएका छन् ।’ उनले विश्वविद्यालयको साझेदारीमा सञ्चालित विषय अध्यापन गरेर सूचना प्रविधिको क्षेत्रमा छात्राको संख्या बढाउन हेराल्ड कलेज काठमाडौंको महत्त्वपूर्ण भूमिका रहेको छ ।

अन्तिम वर्षमा अध्ययन गर्न सहभागी विद्यार्थीसँग अन्तक्र्रिया गर्दै डीन करोडियाले भनिन्, ‘हामीले सम्बन्धन दिएका १४ मुलुकमध्ये नेपालमा हेराल्ड कलेजको पढाइ उत्कृष्ठ देखेका छौं । भविष्यमा अझै उन्नति गर्ने अपेक्षा लिएका छौं ।’ उनले उल्भरहेम्टन विश्वविद्यालयमा २३ हजार र सम्बन्धन प्राप्त कलेजमा ५ हजार रुपैयाँ विद्यार्थी अध्ययरत रहेको जानकारी दिए ।

साक्षात्कार कार्यक्रममा बोल्दै विश्वविद्यालयका ट्रान्सनेसनल एजुकेसन अप्रेशन प्रमुख डा. क्रिस्टोफर डेनिटले नेपालमा अध्ययनरत विद्यार्थीको नतिजा उत्कृष्ठ भएको बताए । उनले भने, ‘सम्बन्धन दिएका कलेजमध्ये नेपालको हेराल्ड कलेज काठमाडौंका पठनपाठन विश्वविद्यालयै स्तरमा रहेको छ ।’

कार्यक्रममा हेराल्ड कलेज काठमाडौंका कायममुकायम प्रमुख कार्यकारी प्रकाश श्रेष्ठले नेपालमै विभिन्न शिक्षण संस्थाबाट डिप्लोमा र एडभान्स डिप्लोमा अध्ययन सकेका विद्यार्थीका लागि अन्तिम वर्षको बीएस्सी अनर्स र कम्प्युटर साइन्स अध्ययन गर्न सहज भएको जानकारी दिए । उनले अन्य कलेजको तुलनामा अत्यन्तै कम शुल्कमा अध्यापन गराइरहेको बताए ।

सन् २०१५ बाट उल्भरहेम्टन विश्वविद्यालयको साझेदारीका स्नातक तहको कक्षा सञ्चालन गरेको हेराल्ड कलेज काठमाडौंमा हाल ६ सय विद्यार्थी अध्ययनरत छन् । नेपाल सरकारबाट स्वीकृत प्राप्त गरी त्रिभुवन विश्वविद्यालयबाट समकक्षता प्राप्त हेराल्ड कलेज काठमाडौंमा सूचना प्रविधितर्फ बीएस्सी अनर्स कम्प्युटर साइन्स र व्यवस्थापनतर्फ ब्याचलर इन इन्टरनेसनल म्यानेजमेन्ट कक्षा सञ्चालन हुँदै आइरहेको छ ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *