Banner News

क्रान्तिकारी पत्रकार संगठनको बैठक सम्पन्न: संगठन बिरुद्द गतिविधि गर्ने कारबाहीमा परे

असोज ३, दाङ । नेकपा निकट क्रान्तिकारी पत्रकार संगठन नेपालको केन्द्रिय समिति बैठक मंगलबार दाङमा सम्पन भएको छ । प्रकाश डुम्रेको अध्यक्षतामा बसेको पहिलो बैठकले ५ बुँदे निर्णयहरु बिज्ञप्ति मार्फत सार्बजानिक गरेको छ ।

बैठकले देशभर प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र श्रमजीवि पत्रकार संगठनको पक्षमा अभियान चलाउने निर्णय गरेको छ । साथै बैठकले मातृ पार्टी नेपाल कम्युनिष्ट पार्टीले साधारण सदस्य समेत नरहने गरि निष्काशन गरेका जन्मदेव जैशी, कमल बुढा, बाबुराम भुषाल र सुदीप बर्देवालाई पनि क्रान्तिकारी पत्रकार संगठनको साधारण सदस्य समेत नरहने गरि निष्काशन गर्ने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ ।

बैठकले पछिल्लो समय केही व्यक्तिहरुले संगठनको लेटर प्याड, छाप र संगठनका केन्द्रीय सदस्यहरुको नाम समेत दुरुपयोग गर्दै हस्तक्षर नभएका नक्कली विज्ञप्ति निकाल्ने र यस संगठनको नेतृत्व विरुद्ध भ्रम फैलाउने कार्य भएकोप्रति संगठनले गम्भिर ध्यानकर्षण भएको जनाएको छ ।

बैठकपछि संगठनका अध्यक्ष प्रकाश डुम्रे र महासचिव हिम विष्टले संयुक्त विज्ञप्ति जारी गर्दै गलत व्यक्तिहरुले नक्कली र गलत प्रचारको भ्रममा नपर्न देशभरका संगठनका सदस्य, सञ्चारकर्मी र शुभचिन्तकहरुलाई आग्रह गर्नुभएको छ ।

बैठकले संगठन र नेतृत्वविरुद्ध अनावश्यक तथा भ्रामक प्रचार गर्ने, संगठन विरोधी गतिविधि गर्ने तथा संगठनको निर्णय नमान्ने एवं अनलाईन सञ्चार माध्यम, समाजिक सञ्जाल (फेसबुक ट्वीटर लगायत) मार्फत संगठन र नेतृत्वको बदनाम गर्ने गम्भिर हर्कत गरिरहेकाले त्यस्ता क्रियाकलाप तत्काल रोक्न आग्रह गर्दै संगठनको विधि र पद्धती अनुसार अगाडि बढ्न निर्देशन दिएको छ ।

बैठकले देशभर विभिन्न जिल्ला शाखाहरुको भेला, बैठक, सम्मेलन तथा पत्रकारिता सम्बन्धि प्रशिक्षण कार्यक्रम चलाउने निर्णय गरेको छ । बैठकले देवानी तथा फौंजदारी संहितामा रहेका प्रेस स्वतन्त्रता विरोधी बुँदा खारेज गर्न, न्यूनतम पारिश्रमिक निर्धारण समितिले सिफारिस गरेको पत्रकारहरुको न्यूनतम पारिश्रमिक तत्काल कार्यान्वयनका लागि दबावमूलक कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र श्रमजीवि पत्रकारका हकहितका लागि हुने सबैखाले आन्दोलनमा संगठनको ऐक्यबद्धता र सहकार्य रहने निर्णय गरेको जारी विज्ञप्तिमा उल्लेख छ ।

हेर्नुहोस बिज्ञप्ति:

Source link

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *