Banner News

मलेसियामा  रक्सी सेवन गर्दा ४ नेपालीको मृत्यु, १५ जना गम्भीर विरामी

असोज २, काठमाडौँ । मलेसियामा विषाक्त मादक पदार्थको सेवनबाट ४ नेपालीसहित १५ को ज्यान गएको छ ।

वैदेशिक रोजगारिका लागि मलेसिया पुगेका ४ नेपालीसहित १५ जनाको विषाक्त मादक पदार्थ सेवनबाट मृत्यु भएको मलेसियाली अनलाइन पोर्टल द स्टारले जनाएको छ।

मलेसियन प्रहरीले मृत्यु हुनेमध्ये अहिलेसम्म ७ जनाको मात्र पहिचान भएको बताएको छ । जसमा ४ नेपाली, एक मलेसियन, एक भारतीय र एक बंगलादेशी नागरिक रहेका छन्। उनीहरुको नाम भने खुलाइएको छैन।

त्यस्तै मादक पदार्थको सेवनबाट १५ नेपालीसहित ३३ जना गम्भीर विरामी परेका समाचारमा जनाइएको छ। उनीहरुको मलेसियाकै विभिन्न अस्पतालमा उपचार भइरहेको बताइएको छ।

विरामी पर्नेहरुको १९ जनाको मात्र परिचय खुलेको र जसमा १५ जना नेपाली, २ मलेसियन र २ बंगली नागरिक रहेको जनाइएको छ।

उनीहरुले म्याण्डाले ह्वीस्की, किङ फिसर वियर र ग्राण्ड रोयल ह्वीस्की मिसाएर पिएको बताइएको छ। मादक पदार्थमा विष हालिएको नहालिएको बारे प्रहरीले अनुसन्धान गरिरहेको मलेसियाली अधिकारीहरुले जनाएका छन्।

Source link

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *