समाचार

रुपाकोट मझुवागढीका १८ विद्यालय नगरपालिकाको निगरानीमा

२ असोज, खोटाङ । जिल्लाकाे रुपाकोट मझुवागढी नगरपालिकाका सामुदायिक विद्यालयमा विद्युत्तीय हाजिरी लागू भएको छ ।

सामुदायिक विद्यालयको शैक्षिक स्तर सुधार्न रुपाकोट मझुवागढी नगरपालिकाले १८ विद्यालयमा विद्युत्तीय हाजिरी शुरु गरेको हो ।

३० लाख रुपैयाँको लगानीमा ई–हाजिरी जडान गरिएसँगै अब यी विद्यालयको निगरानी नगरपालिकाका प्रमुखकै कार्यकक्षबाट गर्न सकिने भएको छ ।

सामुदायिक विद्यालयको खस्कँदो शैक्षिकस्तर माथि उठाउन नगरपालिकाभित्रका १८ सामुदायिक विद्यलायमा ई–हाजिरी शुरु गरेकाे जानकारी नगरपालिकाका प्रमुख दीपनारायण रिजालले दिए ।

नगरपालिकाले निकट भविष्यमै अन्य सामुदायिक विद्यालयमा पनि विद्युत्तीय हाजिरीको व्यवस्था गर्ने योजना बनाएको छ ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *