समाचार

रगत नपाए भक्तपुरको दिपेशलाई सम्झनु, दिनरात अहोरात्र बिरामीलाई रगत उपलब्ध गर्दै यी समाजसेवी [हेर्नुहोस भिडियो]

भक्तपुर : ‘न्याय नपाए गोरखा जानु भने झैँ रगत नपाए भक्तपुर जानु, त्यहाँ पनि नपाए दिपेस श्रेष्ठलाई भेट्नु’ भन्ने उखान आजभोली चर्चामा छ। दिपेश श्रेष्ट एक युवा समाजसेवी हुन्। उनले निस्वार्थ भावनाले समाजमा ठुलो योगदान दिईरहेका छन्। उनी र उनको समुहले पटक-पटक रक्तदान कार्यक्रम आयोजना गरेर धेरैलाई जीवनदान दिएका छन्।

बालकोटमा घर भएका दिपेश श्रेष्ठ नेपाल रेडक्रस सोइसाइटी बालकोटको उपशाखाका सदस्य हुनुको साथै रक्तदान केन्द्रमा समेत् निकै सक्रिय छन्। उनको समूहले विभिन्न संघसंस्थासँगको सहकार्यमा समय-समयमा रक्तदान कार्यक्रम गरेर रगतका अभाव भएकालाई रगत प्रदान गर्ने गर्दछन।

उनले व्यक्तिगततर्फबाट पनि आवश्यक परेकालाई फ्रेस डोनर खोजेर रक्तदान गराउने, ब्लड बैंकमा सोधपुछ गर्ने त्यस्तै आफ्नो शुभचिन्तक देखि टोलका युवाहरुलाई समेत रगतको सहयोग गराउन लगाई रगत जुटाउने गर्दछन। उनलाई प्रायको रगतको ग्रुपको बारेमा समेत् याद भएको र चाहिएको खण्डमा तुरुन्तै रगत दिनको लागि आग्रह गर्नेगर्छन। यसरी नै रगतको व्यवस्थापन गरिरहेको उनले बाताए।

दिपेश श्रेष्ट स्कुल देखि नै सामाजिक कार्यमा संलग्न थिए। उनी स्कुलमा नेपाल रेडक्रस सोइसाइटी जुनियर सर्कलमा सदस्य थिए। त्यसपछि उनले नेपाल रेडक्रस सोइसाइटी, बालकोट युवा सर्कलमा प्रवेश गरे। उक्त सर्कलमा ७ वर्ष उनी अध्यक्षको रुपमा काम गरे। त्यसबखत रेडक्रस सोइसाइटीमा बालकोट युवा सर्कल ४ पटक उत्कृष्ट रहन सफल भएको उनले बताए। वर्षमा ४/५ पटक रक्दान कार्यक्रम गर्नाले बालकोटमा रहेको उक्त संस्था उत्कृष्ट हुँदै आएको उनको भनाई छ।

१५ वर्ष देखि आजको दिनसम्म निरन्तर समाजसेवामा लागिरहेका समाजसेवी दिपेश श्रेष्ट भन्छन,’अहिले रगतको अभाव निकै छ। हामी सबैले रक्तदान गर्न शुरुवात गरेका छैनौ। अस्पतालले पनि एक विरामीलाई दुई पिन रगतको आबश्यक छ भने स्टक राख्नु पर्ने भएकोले ४ पिन राखिरहेको हुन्छ। त्यसकारण त्यहाँ आबश्यक भन्दा बढी रगत जम्मा गरिरनु पर्ने हुनाले रगतको अभाव हुने गरेको छ।’ यसको साथै उनले रगतको पैसा लाग्ने कुरा गलत रहेको बताए। उनले भने,’रगतको पैसा लाग्दैन तर रगतको परिक्षण, त्यसको ब्याग, रगत फ्रिजमा राख्नु पर्ने, त्यसमा लाग्ने औषधि र कर्मचारीलाई दिने पारिश्रमिकमा पैसा लाग्ने गर्छ।’

उनी भन्छन,’समाजसेवामा लागेर दैनिकी गुजारा चलाउन गाह्रो हुने बताए। उनी उक्त संस्थाको विभिन्न तालिम दिने गर्छन त्यसबाट नै उनको गुजारा चलिरहेको छ। उनी भन्छन,’समाज सेवा भनेको आत्मा सन्तुष्टी हो, म सन्तुष्ट छु। निस्वार्थ भावनाले सामजसेवा गर्नु पर्दछ।’ उनले एक उदारहण दिदै भने,’मानिसको एउटा आँखाबाट आशु झर्दा अर्कोबाट जसरी बग्छ त्यस्तै कोहि दुख पर्दा वा रगतको अभावले छट्पटिरहेका कोहि विरामीलाई रगत दिएर जीवन बच्न सक्छ भने सहयोग गर्नुपर्छ।’ उनले सबैलाई सकेसम्म समाज सेवामा लाग्न अनुरोध गरे। सामाजिक सेवाको यात्रालाई अझै नयाँ ढंगले अगाडी बढाउने बताए ।-पिएनपिखबरबाट

बाँकी हेर्नुहोस् भिडियोमा :

<iframe width=”597″ height=”150″ src=”https://www.youtube.com/embed/rd_YvQN0JUI” frameborder=”0″ allow=”autoplay; encrypted-media” allowfullscreen></iframe>

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist From Bhaktapur
http://www.purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *