अर्थ/बाणिज्य

१० वर्षभित्र जलविद्युतमा ८ खर्ब लगानी

काठमाडौं, ९ पुस । आगामी १० वर्षभित्र निर्माण गरिने झण्डै २ सय जलविद्युत् आयोजनाका लागि झण्डै ८ खर्ब रुपैयाँबराबरको लगानी आवश्यक पर्ने देखिएको छ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. स्वर्णीम वाग्लेको संयोजकत्वमा गठित समितिले सरकारलाई बुझाएको प्रतिवेदनअनुसार आउँदो १० बर्षमा एक सय ८० जलविद्युत् आयोजना निर्माण हुने उल्लेख गरिएको खबर भीम गौतमले आजको कारोबार दैनिकमा लेखेका छन्।

प्रतिवेदनका अनुसार १० वर्षभित्र ११ हजार ३ सय ९६ मेगावाट जलविद्यत् क्षमता पुग्ने भन्दै त्यसका लागि ४ खर्ब १ अर्ब स्वदेशी तथा ३ खर्ब ९० अर्ब रुपैयाँ विदेशी लगानी आवश्यक रहेको औंल्याइएको छ।

यस्तै प्रशारणलाईन र सवस्टेशनका लागि मात्र ४ खर्ब आवश्यक रहेको प्रतिवेदनमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *