समाचार

कहिले सम्म बन्ला राष्ट्रिय प्राणी उद्यान

भक्तपुर। भक्तपुरको सूर्यविनायक नगरपालिकामा एसियाकै नमुना बनाउने भनिएको  राष्ट्रिय प्राणी उद्यान योजना अहिले पनि वेवारिसे अबस्थामै रहेको छ ।

निर्माणमा संलग्न निकायहरुले त्यतिको चासो नदेखाएको र बजेटको अभाव भइरहेको कारण उक्त योजना अहिलेसम्मपनि निर्माण सम्पन्न नभएको हो ।

विसं २०७१ माघ २९ को मन्त्रिपरिषद्को बैठकले प्राणी उद्यान निर्माणका लागि निर्देशन दिएपनि निर्माण कार्य भने सुस्त गतिमा भएको हो ।

भक्तपुरको सूर्यविनायक नगरपालिकाका  ७ ओटा सामुदायिक  वनकाे २ सय ४५ हेक्टर जमिनमा निर्माण हुन लागेको उद्यानको १६ किलोमिटर बाहिरी घेरा मध्ये अहिलेसम्म जम्मा १३ किलोमिटर बाहिरी घेरामा मात्र तारजाली हाल्ने कार्य सम्पन्न भएको छ ।

उद्यान निर्माणको गुरुयोजना स्वीकृतिमा ढिलाइ भएका कारण काममा ढिलाई भएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएकाे छ ।

सरकारले उद्यान निर्माण गर्ने भने पनि उद्यानका लागी आवश्यक जनशक्ति नपठाएका कारण निर्माण कार्यले  गति लिन नसकेको हाे ।

उद्यानभित्रको २ सय ४५ हेक्टरमध्ये १४ हेक्टरमा राष्ट्रिय प्रकृति संरक्षण कोषसँग मिलेर वन्यजन्तु उद्धार केन्द्र निर्माण गरिरहेको उपनिर्देशक रुपाखेतीले जानकारी दिए ।

उद्यान केन्द्रका वन्यजन्तुलाई आवश्यक पर्ने पानीका लागि डिपबोरीङ निर्माण गर्ने काम भइरहेको छ भने उद्यानभित्र आवश्यक रहेका कार्यालय निर्माण गर्ने कार्य शुरु गर्नुका साथै वन्यजन्तु उद्धारका लागि आवश्यक पर्ने एम्बुलेन्स समेत ल्याइसकिएको छ । तर यसको प्रयोग भने हुन नसक्दा यो पनि त्यतिकै थन्किएको अवस्थामा छ ।

२०७३ असार ९ पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले एक कार्यक्रमकाबीच राष्ट्रिय प्राणी उद्यानको शिलान्यास गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *