बुटबल–बुटवलमा नेकपाको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सुरु भएको छ । बुटवल मण्डपमा शुरु कार्यक्रमा पूर्वप्रधानमन्त्री तथा पार्टी अध्यक्ष प्रचण्ड, महासचिव विष्णु पौडेल, कृषिमन्त्री चन्द्र प्रकाश खनाल, नेता टोप बहादुर रायमाझी लगायतका नेताहरुको सहभागिता रहेको छ । नेतालीहरुको पर्व दशैं, तिहार, नेपाल संवत ११३९, छठ, ल्होसारलगायतको अवसरमा नेकपाले बुटबलमा प्रदेश नम्बर ५ स्तरीय चियापान कार्यक्रम आयोजना गरेको […]
समाचार
आजको कार्टुन
आज प्रकाशित राजधानी दैनिकमा कुरीकुरी शिर्षकमा छापिएको उत्तम नेपालको कार्टुन: राताेपाटीडटकमा विस्तृतमा पढ्नुहाेस्
ऊर्जामन्त्री पुन एक्कासि अस्पताल भर्ना
काठमाडौं-ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन एक्कासि अस्पताल भर्ना भएका छन् । छातीमा समस्या भएपछि मन्त्री पुन नर्भिक अस्पतालमा भर्ना भएका हुन्। अहिले मन्त्री पुन चिकित्सकहरुको निगरानीमा रहनुभएको जनाइएको छ । मन्त्री पुनको हेरविचारमा अहिले परिवारका सदस्यका अतिरिक्त स्वकीय सचिवालयको टिम खटिरहेको बताइएको छ । राताेपाटीडटकमा विस्तृतमा पढ्नुहाेस्
नेपालको जुनसुकै विमान थाइल्याण्ड जान पाउने, भयो यस्तो सहमति ?
काठमाडौँ । नेपाली वायु सेवा प्रदायक कम्पनीले थाइल्याण्डमा सहज उडान भर्न पाउने भएका छन् । नेपाल र थाइल्याण्डबीच आज भएको हवाई सम्झौतापछि नेपालका जुनसुकै विमान थाइल्याण्ड जान पाउने भएका हुन् । दुई देशबीच ४७ वर्षपछि हवाई सम्झौता नवीकरण भएको हो । सन् १९७१ मा भएको पुरानो ढाँचाको सम्झौतालाई परिमार्जन गरी नयाँ व्यवस्था कायम गरिएको छ । पुराना […]
पिरतीमा विछोड भएको जोडीलाई सम्झिए टीका र शरणले (भिडियो)
काठमाडौं – ‘सपनीमा, साथमा सानु, विपनीमा कहाँ छौँ, के जानु !’ गायक शरणकुमार माझीको स्वरमा लय रहेको यो गीत रिलिज भएको छ । गाउँको साधारण युवा र युवतीको मायापिरितलाई कथावस्तु बनाइएकोयो गीत भिडियो सहित भर्खर रिलिज गरिएको हो । गीतमा गायक माझी टीका पुनले स्वरमा साथ दिएकी छिन् । गायक माझीले यो गीत तिहार आउँदै गरेका बेला […]
नेपाल प्रहरीलाई कतारले सघाउने
नेपाल प्रहरीले कतार प्रहरीसँग सुरक्षामा समन्वयका लागि समझदारी गरेको छ ।प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल र कतार पब्लिक सेक्युरिटीका महानिर्देशक साद बिन जसिम अल खुलाइफीले समझदारीपत्रमा बुधबार हस्ताक्षर गरेका छन् ।समझदारी अन्र्तगत आतंकवाद र आतंककारी क्रियाकलापमा वित्तिय लगानी, अन्तरदेशीय अपराध, लागूऔषधको अवैध कारोबार, अवैध हातहतियार तथा विष्फोटक पदार्थको ओसारपसार, विद्युतीय अपराध, मानव बेचबिखन, वित्तिय अपराध नियन्त्रणमा समन्वय हुने […]
तिहारका लागि धमाधम बन्दै छ माटोको पाला (फोटोफिचर)
भक्तपुर– हिन्दू नेपालीको दोस्रो ठूलो चाड तिहार आउन अब एक सातामात्रै बाँकी छ । तिहार नजिकिँदै गर्दा भक्तपुरका प्रजापति समुदायलाई माटाका भाँडा बनाउन भ्याइनभ्याई छ । बोलाछें, ठीमि, ब्यासी, पोटरी स्क्वायरलगातका स्थानमा तिहारको लागि आवश्यक पर्ने माटाका भाँडा बनाइँदै गरेको देख्न सकिन्छ ।व्यवसायीहरुका अनुसार तिहारको समयमा माटोको पालाको माग अत्याधिक हुने गरेको छ । दिपावलीको अवसरमा मैन […]
अख्तियारद्वारा जनकपुर विकास परिषद्का १० जना पदाधिकारीविरुद्ध मुद्दा दायर
काठमाडौँ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्षसहित १० जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले कोषका तत्कालीन अध्यक्ष दीगम्बर रायले रु ७६ लाख २८ हजार ५०२, तत्कालीन कार्यकारी निर्देशक डा.सूर्यदेव साह रु ६२ लाख ८८ हजार ५६९, नायब सुब्बा उषा मिश्र रु ६६ लाख ४२ हजार ६६४ भ्रष्टाचार गरेको अभियोग […]
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम ५५ प्रतिशत सम्पन्न
काठमाडौं– गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल निर्माणको काम ५५ प्रतिशत भन्दा बढि सम्पन्न भएको छ । गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल निर्माण आयोजनाले अहिले विमानस्थलनको रन वे कालोपत्रे गर्ने काम धमाधम गरिरहेको छ । निर्माण कार्य गरिरहेको चिनियाँ कम्पनीले चाईना बाटै ल्याएका मजदुरबाट निर्माणको काम भईरहेको छ । कालोपत्रे गर्न कम्तिमा ४ देखि ६ महिना लाग्ने आयोजनाका निमित्त प्रमुख प्रवेश […]
श्रीलंकाका बलिङ प्रशिक्षक जोयसा म्याच फिक्सिङको आरोपमा निलम्बित
एजेन्सी । श्रीलंकाका बलिङ प्रशिक्षक नुवान जोयसामाथि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी) ले म्याच फिक्सिङको आरोप लगाएको छ ।श्रीलंकाका लागि ३० टेस्ट र ९५ एक दिवसीय खेल खेलेका जोयसामाथि आइसीसीको एन्टी करप्सन कोड उल्लंघन गरेको तथा अन्तर्राष्ट्रिय खेल मिलेमतो गर्ने प्रयास गरेको आरोप लगाइएको छ ।४० वर्षीय पूर्व बलरलाई निलम्बित गरिएको छ भने अपिल गर्नका लागि […]








