समाचार

भारतीय प्रधानमन्त्री मोदीलाई जेठ ११ गते नेपालमा स्वागतको तयारी भ्रमणका क्रममा जनकपुर पनि जाने

८ वैशाख, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आगामी जेठ ११ गते नेपाल आउने गरी भ्रमणको तयारी सुरु भएको छ । आगामी मे २५ मा मोदीलाई नेपालमा स्वागत गर्ने तयारी भइरहेको परराष्ट्र मन्त्रालय स्रोतले अनलाइनखबरलाई जानकारी दियो । भ्रमणको मिति मे २५ अर्थात जेठ ११ गते तोक्ने गृहकार्य भइरहेको तर यसमा भारतीय पक्षसँगको सल्लाहअनुसार केही […]

Uncategorized समाचार

हडताल गरे बस कब्जामा लिएर चलाउन तयार बस्नू : गृहमन्त्रीको प्रहरीलाई निर्देशन

काठमाण्डौ । सिन्डिकेट तोड्न यातायात व्यवसायी समिति खारेज गर्ने निर्णय गरेको सरकारले यसको प्रतिकारमा हड्ताल भए सार्वजनिक गाडीहरु कब्जामा लिएर सुरक्षाकर्मी प्रयोग गरी चलाउने चेतावनी दिएको छ। मंगलबारको मन्त्रिपरिषद निर्णयलगत्तै गृहमन्त्री रामबहादुर थापाले यातायात व्यवसायीहरु हड्तालमा ओर्लिए बस, ट्यांकर लगायत सार्वजनिक गाडी कब्जामा लिई सञ्चालन गर्न तयारी अवस्थामा बस्नू भनी प्रहरीलाई निर्देशन दिएका छन्। ‘सिन्डिकेट […]

समाचार

देशभर सार्वजनिक यातायात ठप्प पार्ने व्यवसायीहरुको भनाइ,वैशाख २६ गतेदेखि अनिश्चितकालीन यातायात बन्द गर्ने निर्णय

४ वैशाख, काठमाडौं,सरकारले संशोधन गरेको सार्वजनिक यातायात व्यवस्थापन कार्यविधि निर्देशिका खारेजीको माग गर्दै व्यवसायीले आन्दोलनको निर्णय गरेका हुन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सांकेतिक रुपमा वैशाख २० गते सबै यातायातका साधन बन्द गर्ने निर्णय गरेको छ । त्यसपछि २६ गतेसम्म भद्रगोल रुपमा सार्वजनिक यातायात सञ्चालन गर्ने रणनीति पनि तय भएको छ । सिन्डिकेट हटाउन […]

बिचार/ब्लग समाचार

भाग्यमानी व्यक्तिको हातमा मात्रै हुन्छ यस्तो चिह्न, जानी राखौं

हस्तरेखा शास्त्रद्वारा भविष्य जान्नका लागि हत्केलामा भएका रेखाको अलावा औंलाको बनावटको पनि विशेष महत्व हुन्छ । यसको अतिरिक्त हत्केलामा हुने केही विशेष चिह्नले पनि तपाईको जीवनबारे धेरै कुरा बताउँछन् । यसकारण राम्रो र नराम्रो रेखाको आधारमा मात्र कसैको बारेमा केही भन्नु पूर्णरुपमा सत्ह हुन सक्दैन । हत्केलामा शंख, चक्र, त्रिशूल, कमल आदि चिह्न हुनु धेरै […]

समाचार

सगरमाथा आरोहणको तयारीमा प्रियालक्ष्मी कार्की

काठमाडौँ । नेपाल खेलकुद पत्रकार मञ्चले सगरमाथा आरोहणको तयारीमा रहेकी प्रथम महिला पत्रकार टोलीकी सदस्य प्रियालक्ष्मी कार्कीलाई आर्थिक सहयोग गरेको छ । मञ्चद्वारा आज यहाँ आयोजित कार्यक्रममा मञ्चका अध्यक्ष महेश आचार्यले न्युज २४ टेलिभिजनमा कार्यरत खेल पत्रकार कार्कीलाई मञ्चका सदस्य र अन्य विभिन्न खेल संस्था एवं खेल पदाधिकारीबाट संकलित रकम रु एक लाखको चेक हस्तान्तरण […]

समाचार

बंगला विमान दुर्घटनामा पाइलट मुख्य दोषी

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गत फागुन २८ गते यूएस बंगला एयरलाइन्सको जहाज दुर्घटना हुनुमा मुख्य दोष पाइलटकै पाइएको समाचार कारोबार दैनिकमा छ । साथै एयर ट्राफिक कन्ट्रोलर (एटिसी)को पनि कमजोरी रहेको समाचारमा उल्लेख छ । दुर्घटनाको प्रारम्भिक प्रतिवेदनले पाइलटको मुख्य कमजोरी औंल्याएको हो । कारोबार दैनिक समाचारमा लेख्छ- जाँचबुझ आयोगका एक सदस्यका अनुसार पाइलट प्रमुख दोषी […]

समाचार

सरकार अझै कठोर बन्ने संकेत, यातायात समितिहरुको नवीकरण नगर्ने प्रस्ताव मन्त्रिपरिषदमा

२८ चैत,काठमाडौं । यातायात व्यवसायी समितिहरुको नवीकरण नगर्ने प्रस्ताव मन्त्रिपरिषदमा पुगेको छ । यातायात समितिहरु संघसंस्था दर्ताअन्तर्गत जिल्ला प्रशासन कार्यालयमा दर्ता हुँदै आएका छन् । गृहमन्त्रालयले मंगलबारको मन्त्रिपरिषद बैठकमा अबदेखि यातायात समितिहरुको नवीकरण नगर्ने प्रस्ताव लगेको हो । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले लगेको प्रस्ताव पारित भएमा यातायातमा ब्याप्त सिन्डिकेटको ‘जरा’ उखेलिने छ । देशभर रुट […]

समाचार

सरकारलाई घुँडा टेकाउने भन्दै यातायात व्यवसायीद्वारा आन्दोलनको घोषणा

२६ चैत, काठमाडौं । सिन्डिकेट तोड्न सरकारले रुट इजाजत खुला गरेपछि आक्रोसित यातायात व्यवसायीहरुले भेला गरेर आन्दोलनको घोषणा गरेका छन् । उनीहरुले आन्दोलनबाटै सरकारलाई घुँडा टेकाउने दाबी गरेका छन् । यातायात व्यवस्था विभागले १८ चैतमा यातायात व्यवस्था कार्यविधि निर्देशिका संशोधन गरेर देशभरका सडकमा रुट इजाजत खुला गर्ने निर्णय गरेको थियो । यो यातायातमा कायम सिण्डिकेट […]

कला साहित्य समाचार

मुडुला कार्कीहरुको साझा वंशावली विमोचन

सिन्धुली, सर्लाही, महोतरी,धनुषा,रौतहट,रामेछाप र उदयपुर जिल्लाका विभिन्न स्थानमा बसोवास गर्ने मुडुला कार्कीहरुको साझा वंशावली सन्तान प्रकाशन भै एक समारोहका बीच विमोचन गरिएको छ । मुडुलाकार्की कुलायन व्यवस्था समिति नेपाल मध्यमान्चल क्षेत्रीय समिति हरिवन सर्लाहीका कार्यवाहक अध्यक्ष चित्रबहादुर कार्कीको सभापतित्वमा संचालित सो कार्यक्रममा सो सस्थाका केन्द्रीय अध्यक्ष कैलाश कार्की र पुर्व महान्यायाधीवक्ता बद्रिबहादुर कार्कीले संयुक्त रुपमा […]

समाचार

एक लाख घुससहित शिक्षाका दुई इन्जिनियर समातिए

पोखरा, २३ चैत। जिल्ला शिक्षा कार्यालय कास्कीका दुई इन्जिनियर एक लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् । विद्यालय भवन निर्माण सकेर बिल भुक्तानी दिने क्रममा घुस मागेको उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय पोखराले उनीहरुलाई प्रक्राउ गरेको हो । पक्राउ पर्नेमा इन्जिनियर प्रदीपकुमार बानियाँ र सब-इन्जिनियर छबिन्ऽविक्रम खाँड छन् । मादी गाउँपालिका-८ स्थित […]