बिचार/ब्लग समाचार

भाग्यमानी व्यक्तिको हातमा मात्रै हुन्छ यस्तो चिह्न, जानी राखौं

हस्तरेखा शास्त्रद्वारा भविष्य जान्नका लागि हत्केलामा भएका रेखाको अलावा औंलाको बनावटको पनि विशेष महत्व हुन्छ । यसको अतिरिक्त हत्केलामा हुने केही विशेष चिह्नले पनि तपाईको जीवनबारे धेरै कुरा बताउँछन् ।

यसकारण राम्रो र नराम्रो रेखाको आधारमा मात्र कसैको बारेमा केही भन्नु पूर्णरुपमा सत्ह हुन सक्दैन ।

हत्केलामा शंख, चक्र, त्रिशूल, कमल आदि चिह्न हुनु धेरै शुभ मानिन्छ । यस्ता मानिसहरु भगवानबाट कृपा पाएको पात्रका रुपमा चिनिन्छन् र जीवनमा अरुभन्दा अलग्गै हुन्छन् । यस्ता मानिसले अरुको भन्दा धेरै सफलता हासिल गर्छन् । त्यो पनि कम मेहनत मै ।

यो आलेखमा त्यो चिह्नबारे चर्चा गरिएको छ, जो धेरै कम मानिसको हातमा हुन्छ । र धेरै कम मानिस मात्रै यो चिह्नका बारेमा जान्दछन् ।

यो हो विष्णु चिह्न !

हत्केलामा हृदय रेखा जब गुरु पर्वतमा पुगेर दुई भागमा बाँडिन्छ, जिसको एक सिरा माथिल्लोतर्फ तथा मध्यम औलाको बीच भएर जान्छ । तल गुरु पर्वतको तर्फ गइरहेको हुन्छ।

यसमा ड्र गर्यो भने अंग्रेजी ‘बी’ जस्तो देखिने एक चिह्न बन्छ । यसैलाई भगवान विष्णुको चिह्न मानिन्छ । यसलाई नै विष्णु रेखा भनिन्छ ।

विष्णु रेखाको महत्व

विष्णु चिह्न जसको हातमा हुन्छ, उसलाई भगवानबाट विशेष कृपा पाएको व्यक्ति मानिन्छ । तर यो हैन कि यस्ता व्यक्तिले जीवनमा केही पनि नगरी सबैथोक पाउँछन् । यदि यस्ता व्यक्तिले राम्रो काम गरे भने अवश्य सफलता मिल्छ । यस्ता व्यक्तिले कुनै गलत काम गरे भने पनि त्यसको नराम्रो नतिजा पनि तत्कालै पाइहाल्छन् ।

राम्रो काम गर्दा यस्ता व्यक्तिले अरुको तुलनामा धेरै बढी प्रगति गर्न सक्छन् । राम्रो काम गर्दा आइपर्ने कुनै पनि चुनौतीलाई यस्ता व्यक्तिले सजिलै पार गर्न सक्छन् ।

यस्ता व्यक्तिका विरोधीले पनि यीनिहरुलाई सजिलै हराउन सक्दैनन् । यीनिहरुले समाजमा पनि प्रतिस्ठा पाउँछन् ।

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *