१० असोज, काठमाडौं । नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले निर्माण क्षेत्रमा देखिएको विकृति समाधान गर्न सार्वजनिक खरिद ऐन नै संशोधन गर्नुपर्ने बताएका छन् । अन्यथा बदनाम कम्पनीहरुले ठेक्का पाइरहने र देश कंगाल बन्ने उनको भनाइ छ । संसदीय समितिमा खरिद ऐन र ठेकेदार सांसदको प्रतिनिधित्वलाई लिएर चर्चा–परिचर्चा चलिरहेका बेला पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले […]
समाचार
मलेसियामा ४७ नेपाली पक्राउ
काठमाडौं – मलेसियामा अवैधानिक रूपमा रहेर काम गरेका ४७ जना नेपाली श्रमिक पक्राउ परेका छन् । अवैधानिक रूपमा कार्यरत आप्रवासी श्रमिकको खोजी र पक्राउ गर्ने मलेसिया प्रहरीको अभियानमा एकै कम्पनीबाट ४७ जना नेपाली प्रक्राउ गरिएको हो । मलेसियास्थित नेपाली दूतावासका अनुसार अभियानअन्तरगत साइबरजयाको एक कम्पनीमा छापामार्ने क्रममा नेपालीसहित ३३८ जना पक्राउ परेका थिए । आजको गोरखापत्रमा […]
नयाँ शक्ति दक्षिण कोरियाको अध्यक्षमा जीवन
सोल, कोरिया । नयाँ शक्ति पार्टी नेपालको प्रवास संगठन अन्तर्राष्ट्रिय नेपाली समाज दक्षिण कोरियाको दोस्रो अधिवेशनले जीवन साशंकरलाई अध्यक्षमा निर्वाचित गरेको छ । पार्टीका केन्द्रीय महाधिवेशन आयोजक समिति सदस्य तथा एशिया प्यासिफिक जिल्ला संयोजक मिलनकान्छा किरातीको प्रमुख आतिथ्यमा सम्पन्न अधिवेशनले ५१ सदस्यीय कार्यसमिति र २१ सदस्यीय सचिवालयसमेत चयन गरेको छ । नवनिर्वाचित कार्यसमितिको अध्यक्ष जीवन […]
उनीहरु मधेश नट नेपाल भन्ने, हामी लाचार भएर बस्ने : गृहमन्त्री
९ असोज, काठमाडौं । गृहमन्त्री रामवहादुर थापा बादलले स्वतन्त्र मधेशका नाममा देश विखण्डन गर्ने गतिविधिप्रति सहानुभूति नराख्न आग्रह गरेका छन् । संसदमा कतिपय सांसद र संसद बाहिर अधिकारकर्मी तथा नागरिक समाजका अगुवाले बर्दियाका राम मनोहर यादवको हिरासतमा मृत्युप्रति उठाएका प्रश्नको जवाफ दिँदै गृहमन्त्री बादलले उनी नेपाल विखण्डनका अभियन्ता रहेको प्रष्ट पारेका छन् । राष्ट्रियसभाको मंगलबारको […]
सिराहाको लहानबाट डाक्टर अपहरित
काठमाडौं– सिराहाको लहानबाट अज्ञात समूहले एक डाक्टरलाई अपहरण गरेर लगेका छन् । मंगलबार साँझ ७ बजेर १० मिनेटमा डा. सुवास यादवलाई ४ जनाको समूहमा आएका अज्ञात ब्यक्तिहरुले अपहरण गरेको बताइएको छ । ‘अपहरण भएको सूचना पाएसँगै प्रहरी परिचालन गरेर खोजतसाल गरिरहेका छौं’ जिल्ला प्रहरी कार्यालय सिराहाका प्रमुख एसपी जीवन श्रेष्ठले रातोपाटीसँग भने, ‘अपहरणकारीको यकिन गर्दै छौं, […]
सर्वोच्चको आदेशपछि रिहा भए प्रकाण्ड
९ असोज, काठमाडौं । सर्वोच्च अदाललते नेकपा विप्लव समूहका प्रवक्ता खड्गबहादुर विश्वकर्मा -प्रकाण्ड) लाई थुनामुक्त गर्न आदेश दिएको छ । सर्वोच्चको आदेशसँगै उनी रिहा भएका छन् । न्यायाधीश अनिलकुमार सिन्हा र टंकबहादुर मोक्तानको संयुक्त इजलासले पुनः प्रकाण्डलाई छाड्न आदेश दिएको हो । सर्वोच्चले पटकपटक थुनामुक्त गर्न आदेश दिँदा पनि अदालत परिसरबाटै पक्राउ गरिएको भन्दै वैयक्तिक […]
भक्तपुरमा इन्द्रजात्राः बालक रामले जिब्रो छेडे
९ असोज, भक्तपुर । भक्तपुरका बालक राम नानीचा श्रेष्ठ जिब्रो छेडेका छन् । इन्द्र जात्राको अवसरमा थिमीमा जिब्रो छेड्ने जात्रा सम्पन्न भएको हो । यो वर्ष बालक राम नानीचाले जिब्रो छेडेका छन् । अनलाइन खबरबाट
कतार एयरवेजको उडान अव भियतनाममा पनि, बकेर र भियतनामी विशेष प्रतिनिधिबीच भेटवार्ता
कतार – कतार एयरवेजले १९ डिसेम्बर २०१८ देखि दा नाङ भियतनामसम्मको प्रत्यक्ष उडान सेवा प्रारम्भ हुने घोषणा गरेको छ ।कतार एयरवेज ग्रुपका प्रमुख कार्यकारी अधिकृत अकबर अल बकेरले कतारका लागि भियतनामी राजदूत न्युयेन दिन थाओसँगै दा नाङ म्युनिसिपल समितिका उप सचिव भो कोङ त्रीको नेतृत्वमा रहेको भियतनामी विशेष प्रतिनिधि मण्डलसँग दुई देशबीच पर्यटन विकास गर्ने […]
हिमस्टारको हातखाली नजाने ‘खुर्क्यो कि फुर्क्यो’ योजना सार्वजनिक
९ असोज, काठमाडौं । गोल्छा अर्गनाइजेशनको भगिनी संस्था हिम इलेकट्रोनिक्सले दशैं, तिहार र छठको अवसर पारेर ‘खुर्क्यो कि फुर्क्यो’ योजना सार्वजनिक गरेको छ । कम्पनीले नजिकिँदै गरेको नेपालीहरुको बडा दशैं, तिहार तथा छठको अवसर पारेर ग्राहकले हिमस्टारका टिभी, रेफ्रि जेरेटर, डिप फ्रिज तथा वासिङ मेसिन लगायतका होम अप्लाएन्सेसको खरिदमा हातखाली नजाने योजना ल्याएको छ । […]
‘कारबाही’ फुकुवा गर्दै दिगम्बर झालाई सरकारको पत्रः ‘पारदर्शी काम गर्नू’
९ असोज, काठमाडौं । सरकारले नेपाल दूरसञ्चार प्राधिकरणलाई दीर्घकालीन महत्वका परियोजनाहरु अघि बढाउने बाटो खोलिदिएको छ । यसअघि मन्त्रिपरिषदबाटै निर्णय गरेर सरकारले प्राधिकरणलाई महत्वपूर्ण सबै योजनाहरु रोक्न निर्देशन दिएको थियो । पुनः दिगम्बर झालाई प्राधिकरणको अध्यक्षमा नियुक्त गरेपछि सरकारले अर्को पत्र पठाएर रोकिएका काम अघि बढाउन बाटो खुला गरिदिएको छ । प्राधिकरणका एक उच्च अधिकारीले […]









