समाचार

सार्वजनिक खरिद ऐन संशोधन नभए पप्पुले ठेक्का पाइरहन्छ, देश कंगाल बन्छः बाबुराम

१० असोज, काठमाडौं । नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले निर्माण क्षेत्रमा देखिएको विकृति समाधान गर्न सार्वजनिक खरिद ऐन नै संशोधन गर्नुपर्ने बताएका छन् । अन्यथा बदनाम कम्पनीहरुले ठेक्का पाइरहने र देश कंगाल बन्ने उनको भनाइ छ ।

संसदीय समितिमा खरिद ऐन र ठेकेदार सांसदको प्रतिनिधित्वलाई लिएर चर्चा–परिचर्चा चलिरहेका बेला पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले ऐन संशोधनको आवश्यकता औंल्याएका हुन् ।

पूर्वअर्थमन्त्री समेत रहेका डा. भट्टराईले सार्वजनिक खरिद ऐनकै कारण राजनीतिक नेतृत्व, इन्जिनियर, ठेकेदारबीच कमिसनखोर गठबन्धन बनेको र पप्पुजस्ता बदनाम निर्माण कम्पनीले ठेक्का पाएको उल्लेख गरेका छन् ।

‘सार्वजनिक खरिद ऐनमा संशोधन नगरेसम्म र राजनीतिक नेतृत्व, प्रशासन, इन्जिनियर, ठेकेदारबीच कायम रहेको कमिसनखोरीको गठबन्धन नभत्काएसम्म पप्पुहरूले ठेक्का पाइरहने, भ्रष्टहरू मालामाल भइहने र देश कंगाल बनिरहने शृंखला रोकिन्न है !’, अमेरिकामा रहेका डा. भट्टराईले ट्वीट गरेका छन्, ‘अर्थ समितिमा मेरो पनि आवाज बाहिरैबाट थपें ! छिटो कदम चालियोस् !’

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *