मुम्बई – यदि कुनै बलिउडको नयाँ फिल्म रिलिज हुन्छ भने फिल्मसँगै त्यसको गीतको पनि चर्चा हुने गर्दछ । त्यसैले बलिउडमा गीतको पनि बेग्लै स्थान रहेको छ । गीतको कारणले पनि कयौं चलचित्रले ब्यवसाय गरेका छन् । त्यसैले बलिउड गायक÷गायिका एक गीतका लागि लाखौं रकम लिने गर्दछन् । ति ६ गायक÷गायिका जसले एक गीतका लागि लिन्छन् लाखौं […]
समाचार
बोक्साको आरोपमा सातजनाको समूहद्वारा मरणासन्न हुनेगरी कुटपिट
बर्दिया- ठाकुरबाबा नपा–५ शाहीपुरका ६४ वर्षीय वृद्ध कुकुरा थारुलाई कथित बोक्साको आरोपमा बुधबार राति सोही ठाउँका ४० वर्षीय नैपाल थारु, ३७ वर्षीय गोपाल थारुसहित छ, सातजनाको समूहले मरणासन्न हुनेगरी कुटपिट गरेको छ । गाउँघरमा सामान्य झारफुक गर्ने गरुवाका रुपमा परिचित कुकुरालाई आफ्नै गोत्र पर्ने नैपाल थारुले साँझपख घरमा बोलाएर बोक्सा भएको भन्दै कुटपिट गरेको पीडितका छोरा […]
डेढ सय महिला–बालबालिका हराए
राजकुमार पराजुली काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकबाट तीन वर्षमा करीब एक सय ५० महिला तथा बालबालिका हराएका छन् । सो अवधिमा हराएका ३९६ महिला तथा बालबालिकामध्ये २५१ जना फेला परेको जिल्ला प्रहरी कार्यालय महिला तथा बालबालिका सेवा केन्द्र धुलिखेलले जनाएको छ । केन्द्रको तथ्याङ्कमा आर्थिक वर्ष २०७२/०७३ देखि हालसम्म ३९६ महिला तथा बालबालिका हराएको उल्लेख छ । यसमध्ये १४५ […]
मलेसियामा अन्बर इब्राहिम प्रधानमन्त्री बन्ने चर्चा
मलेसिया- मलेसियाली नेता अन्वर इब्राहिमलाई यहाँका नागरिकले अबको प्रधानमन्त्रीका रुपमा हेर्न थालेका छन् । प्राप्त समाचारअनुसार मलेसियाको मुलधारको राजनीतिमा आउने तयारी गरिरहेका नेता इब्राहिमलाई मलेसियाका नागरिकले आगामी प्रधानमन्त्रीका रुपमा चर्चा थालेका बताइएको छ । मलेसियाको प्रमुख विपक्षी नेता रहेका इब्राहिम पुर्ववर्ती सरकारका पालामा जेल पर्नुभएको थियो । जेल सजाय भोगेका उहाँ वर्तमान प्रधानमन्त्री महाथिर मोहम्मदको सरकार बनेपछि […]
पूर्वराजाद्वारा शक्तिपीठमा पूजार्चना
काठमाडौँ-महाअष्टमीको दिन आज पूर्वराजा ज्ञानेन्द्र शाहले काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा अवस्थित शक्तिपीठ र देवीमन्दिरहरूमा पूजाअर्चना गर्नुभयो । उहाँले नक्साल भगती, शोभा भगवती, विजेश्वरी, नरदेवी, इन्द्रायणी सङ्कटा भगवतीको पूजा आराधनाका साथै फूलप्रसाद एवम् टीका ग्रहण गर्नुभयो । राताेपाटीडटकमा विस्तृतमा पढ्नुहाेस्
दशैंमा २१३ सवारी दुर्घटना : ३४ को मृत्यु, १४५ घाइते
काठमाडौं ।दशैंको घटस्थापनादेखि असोज ३० गते साँझसम्ममा देशभर २ सय १३ वटा सवारी दुर्घटना हुँदा ३४ जनाले ज्यान गुमाएका छन् ।प्रहरी प्रधान कार्यालयबाट प्राप्त तथ्याङ्कअनुसार असोज २४ गतेदेखि असोज ३० गते साँझसम्ममा २ सय १३ वटा दुर्घटना भएको हो । जसमध्ये १ सय ५१ वटा सवारी दुर्घटना उपत्यकामा मात्रै भएको छ । उपत्यकामा भएको १ सय […]
यात्रु ठग्ने १७४ ट्याक्सी समातिए
काठमाडौं – राजधानीमा चाडवाडको मौका छोपेर यात्रुसँग बढी भाडा असुल गर्ने १ सय ७४ ट्याक्सीचालकलाई ट्राफिक प्रहरीले कारवाही गरेको छ । दशैंमा सार्वजनिक सवारीसाधनको कमी भएपछि यात्रुसँग बढी भाडा लिई सेवा दिने १७४ ट्याक्सीचालकलाई महानगरीय ट्राफिक प्रहरीले मंगलबार कारवाही गरेको हो । ट्याक्सीमा मिटर जडान गरिएको भएपनि मिटरमा जान नमान्ने र यात्रुसँग बढी भाडा लिएका ट्याक्सीहरुलाई कारवाही […]
दशैंको शुभकामना दिँदै के–के भने पूर्वराजा ज्ञानेन्द्रले ?
काठमाडौं–पूर्वाराजा ज्ञानेन्द्र शाहले नेपाली जनताले देश बन्ने र बनाइने सपना देखेका भएपनि त्यो पूरा हुन नसकेको बताएका छन् । राजनीतिक परिवर्तनको नाममा समेटिएका असामयिक तथा असान्दर्भिक कार्यसूचीहरुका कारण अहिले देश कसरी बचाउने भन्ने अवस्था आएको पूर्वराजाको दाबी छ । विजया दशमीको अवसरमा एक शुभकामना सन्देश जारी गर्दै शाहले हरेक उपलव्धिहरु परिवर्तन हुने भएपनि हरेक परिवर्तनहरु उपलव्धिमूलक बन्न […]
सरकारले जनअपेक्षाअनुसार काम गर्न सकेन : खनाल
काठमाडौं–नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता झलनाथ खनालले जनअपेक्षाअनुसार सरकारले काम गर्न नसकेको टिप्पणी गरेका छन् । काठमाडौंमा आज आयोजित शुभ–कामना आदान–प्रदान कार्यक्रममा पूर्वप्रधानमन्त्रीसमेत रहेका खनालले सरकार साना विषयमा अल्झिदा नागरिकमा निरासा बढेको बताए । महंगी नियन्त्रणमा ठोश काम नगर्दा उपभोक्ता मारमा परेको र विकास निर्माणका गतिविधि पनि सुस्त हुँदा शक्तिशाली भनिएको सरकार पनि उस्तै रहेछ भन्ने सन्देश […]
बिल गेट्ससँग मिलेर माइक्रोसफ्ट स्थापना गरेका पल एलेनको ६५ वर्षको उमेरमा मृत्यु
एजेन्सी । माइक्रोसफ्टका सहसंस्थापक पल एलेनको ६५ वर्षको उमेरमा मृत्यु भएको छ । उनी क्यान्सरका बिमारी थिए । सन् १९७० को दशकमा एलेनले आफ्नो बाल्यकालको साथी बिल गेट्ससँग मिलेर माइक्रोसफ्टको स्थापना गरेका थिए । पछिल्लो समय उनी माइक्रोसफ्टबाट बाहिरिएर समाजसेवामा केन्द्रित भएका थिए । फोर्बका अनुसार एलेनको कुल सम्पती २०.३ अर्ब अमेरिकी डलर थियो । एलेनले दुई हप्ता […]





