भद्रपुर । छाडा कुकुरको टोकाइबाट मेचीनगर–१ का पाँच जना घाइते भएका छन् । घाइते हुनेमा सिम्रन तामाङ, टेकबहादुर बोहोरा, खड्गप्रसाद सापकोटा, भूमिका प्रधान र बिनिता राई छन् । दशैँको टीका लगाउन बाटोमा हिँड्दै गरेका अवस्थामा उनीहरुलाई विगत तीन दिनयता अलगअलग ठाउँमा कुकुरले टोकेको हो । घाइतेमध्ये आठ वर्षीया सिम्रन तामाङको अवस्था गम्भीर छ । सिम्रनको गालामा कुकुरले […]
समाचार
घरायसी झगडा हुँदा श्रीमतीको हत्या
गुल्मी – गुल्मीमा घरायसी झगडा हुँदा एक व्यक्तिले गए राति आफ्नै श्रीमतीको हत्या गरेका छन् ।मदिरा सेवन गरेका मुसिकोट नगरपालिका–७, इन्द्रेगौंडाका ३५ वर्षीय पङ्कज कुमालले सामान्य विवादमै ३० वर्षीया श्रीमती लाली कुमाललाई दाउराले हानी घाइते बनाएका थिए । घाइते कुमालको उपचारका लागि सदरमुकाम तम्घास ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक दीपककुमार […]
‘भगवान बन्न’ जसले आफूलाई जमिनमा गाडे
एजेन्सी । भारतका एक व्यक्तिले भगवानको रुपमा पुनर्जन्म लिनका लागि आफूलाई जमिनमा स्वेच्छिकरुपमा गाडेका छन् ।करिब आठ घण्टा जमिन भित्र गाडेको अवस्थामा रहे पछि उनको उद्दार गरिएको थियो ।राजस्थानको कारोचो का खेदा गाउँमा रहेको एक मन्दिरमा तान्त्रिक रहेका धिरज खारोलले सो प्रयास गरेका हुन् ।केही समयअघि उनले आफूलाई जमिनमा गाडेर समाधी लिने र तीन दिनपछि […]
म्यानचेस्टर सिटी र लिभरपुल विजयी, चेल्सी र म्यान्चेस्टर युनाइटेड बराबरी
काठमाडाैं-इंग्लिस प्रिमियर लिग अन्तर्गत नवौँ चरणको खेलसम्म म्यानचेस्टर सिटी, लिभरपुल र चेल्सी अपराजित रहेका छन् । यी तीन क्लब क्रमश: पहिलो, दोश्रो र तेश्रो स्थानमा रहेका छन् । म्यानचेस्टर सिटी र लिभरपुलले आआफ्ना प्रतिद्वन्दीमाथि विजय हासिल गरे भने चेल्सीले म्यान्चेस्टर युनाइटेडसँग २-२ को बराबरी खेलेको छ । म्यानचेस्टर सिटीले तेह्रौँ स्थानको बर्नलेमाथि ५-० को शानदार जित […]
न्यून दृष्टियुक्त व्यक्तिलाई मासिक दुई हजार
बेत्रावती । नुवाकोट विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले एक अशक्त व्यक्तिलाई मासिक रु दुई हजारका दरले रु ३० हजार उपलब्ध गराएको छ । आफू प्रमुख पदमा निर्वाचित भएर शपथ लिएपछि राज्यबाट जनप्रतिनिधिको हैसियतमा प्राप्त सुविधाबाट उनले विदुर नगरपालिका–९ लामाटारका न्यून दृष्टियुक्त व्यक्ति (दुवै आँखा नदेख्ने) कृष्णबहादुर नेपालीलाई उक्त रकम उपलब्ध गराएका हुन् । ‘यो सेवा आफू जनप्रतिनिधि […]
‘छठसम्मपनि संविधान संशोधन भएन भने सरकारलाई दिएको समर्थन फिर्ता लिन्छौं’
काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालकी महामन्त्री एवम् सांसद चन्दा चौधरीले छठसम्म पनि संविधान संशोधन नभए सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे पार्टीले निर्णय गर्ने स्पष्ट पारेकी छन् । राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले भनिन्, ‘छठपछि पार्टीको केही न केही निर्णय हुन्छ । पार्टीको निर्णयपछि हामी सरकारलाई समर्थन दिईराख्ने नै हो भन्ने छैन । समर्थन फिर्ता […]
विदेशी मुद्राको आजको विनिमयदर : डलरदेखि कतारी रियालसम्म
काठमाडौं– अमेरिकी डलर एकको खरिददर ११७ रुपैयाँ २ पैसा र विक्रिदर ११९ श्रपैयाँ ६२ पैसा रहेको छ । यूरो एकको खरिददर १३४ रुपैयाँ २७ पैसा र विक्रिदर १३४ श्रपैयाँ २८ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी जापानी येन १० को खरिददर १० रुपैयाँ ४० पैसा र विक्रिदर १० रुपैयाँ २५ पैसा रहेको छ । कतारी […]
कोब्रालाई जिब्रोमा टोकाएपछि यी दुई व्यक्तिले पाउँछन् अचम्मको खुसी, वैज्ञानिकसमेत चकित
सर्पको नाम सुन्दा मात्र पनि धेरैलाई डर लाग्छ तर भारतको चन्डीगढका पोस्ट ग्रेजुएट इन्स्टिच्युट अफ मेडिकल एजुकेशन एण्ड रिसर्चका वैज्ञानिकले यस्ता दुई व्यक्ति भेटेका छन् जो नशाका लागि विषालु कोब्रालाई जिब्रोको टुप्पामा टोकाउँछन् ।उक्त इन्स्टिच्युटले अब यी दुईमाथि अनुसन्धान गरिरहेको छ ।हैदराबादका डि–अडिक्सन सेन्टरका वैज्ञानिक हैरान छन् । दुबैको केस हिस्ट्रि इंन्डियन जर्नल अफ साइकोलोजिकल […]
एक दिनमा एक किलो तौल कम गर्ने यस्ताे छ डाइट प्लान
भारतका आयुर्वेदिक एक्सपर्ट र १० वटाभन्दा बढी स्वास्थ्यसम्बन्धि किताब लेखिसकेका डा. अबरार मुल्तानीले यस्तो डाइट प्लानबारे जानकारी दिएका छन् जसले तपाईं एक दिनमा एक किलो भन्दा बढी तौल घटाउन सक्नुहुन्छ । यो डाइट प्लानमा तपाईंले दुईवटा खानेकुरा खानुपर्छ । पनिर र अण्डा । यसका साथै ग्रिन टी पनि पिउनसक्नुहुन्छ । यो निकै सजिलो डाइट प्लान […]
बडादशैँले छुँदैन–मालढुङ्गाका माझी परिवारलाई
–लक्ष्मीप्रसाद सापकोटा पर्वत- नेपालीहरुको महान् पर्व बडादशैँ घर आँगनमै भित्रिइसकेको छ । शहर बजार जताततै बडादशैँले छपक्कै छोपेको छ । दैनिकजसो खसीबोका, च्याङ्ग्रा काट्ने, मीठो मसिनो खाने र शुभकामना आदानप्रदान गर्ने कार्यक्रमले भ्याइनभ्याइ छ । तर, यहाँको माझी बस्तीकी चन्द्रकुमारी माझीलाई भने दशैँको वास्ता भएको देखिँदैन । शुक्रबारको टीकाको दिन विभिन्न तयारी गर्नुपर्ने भए पनि बस्तीभरिका महिला […]








