–लक्ष्मीप्रसाद सापकोटा पर्वत– यहाँको एक विकट गाउँमा टेलिमेडिसिन सेन्टर सञ्चालनमा आएपछि गाउँलेले सर्वसुलभ रुपमा स्वास्थ्य सेवा पाउन थालेका छन् । पर्वतको फलेवास नगरपालिका–८ ठानामौलामा स्थानीय चार भञ्याङ सेवा केन्द्रले सञ्चालन गरेको टेलिमेडिसिन सेवा प्रभावकारी बन्दै गएपछि स्थानीयवासीले सर्वसुलभ रुपमा उपचार सेवा पाएका हुन् । ग्रामीण क्षेत्रमा इन्टरनेटको माध्यमबाट बेलायतमा रहेका विदेशी विषेशज्ञ डाक्टरले स्वास्थ्य सेवा दिन थालेपछि […]
समाचार
नास्टमा राजनीति : 'बार्गेनिङ'ले प्रतिष्ठान उपकुलपतिविहीन
काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताको चर्को 'बार्गेनिङ'का कारण नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) उपकुलपतिविहीन बनेको समाचार आजको नेपाल समाचारपत्रले पहिलो पृष्ठमा छापेको छ । आफू निकटकालाई नियुक्त गर्न नेकपाका नेताको जोडबल बढेसँगै उपकुलपति नियुक्ति प्रक्रिया लम्बिन थालेको हो । नास्ट विगत डेढ महिनायता उपकुलपतिविहीन छ । यसअघिका उपकुलपति प्राडा जीवराज पोखरेलको […]
पत्रकार खशोग्गीको हत्यापछि साउदी सरकारले गर्यो यस्तो निर्णय
रियाद- पत्रकार जमाल खशोग्गीको हत्यारा जो भएपनि उसलाई कडा कानूनी सजाय हुने साउदी अरबले जनाएको छ । मङ्गलबार बसेको मन्त्रिपरिषद बैठकपछि जारी गरिएको विज्ञप्तिमा भनिएको छ, “पत्रकार खशोग्गीको हत्यामा सम्लग्न जो कोही भएपनि उसलाई कानूनी दायरामा ल्याइनेछ ।” राज्य सञ्चालित एसपिए न्यूज एजेन्सीलाई प्राप्त मन्त्रिपरिषद बैठकपछि सरकारले जारी गरेको वक्तव्यमा भनिएको छ, “साउदी अरबले सत्यतथ्य पत्ता लगाउन […]
पूँजीगत खर्च सात प्रतिशत
काठमाडौँ– सरकारले समयमै चालू आर्थिक वर्षको बजेट सार्वजनिक गरेको भए पनि पूँजीगत खर्चमा उत्साहजनक वृद्धि हुन नसकेको पाइएको छ । सरकारले सार्वजनिक गरेको चालू आव शुरु भए यता सोमबारसम्मको राजश्वको लक्ष्य र खर्चको विवरणअनुसार पूँजीगत खर्च लक्ष्यअनुसार बढ्न नसकेको हो । चालू आवको तीन महीना सकिँदा ७ दशमलब २० प्रतिशत मात्रै पूँजीगत खर्च हुन सकेको छ । […]
दशैंमा पनि कर्मचारीले तलब पाएनन्
जुम्ला– नेपालीको महान चाड बडादशैंमा पनि तलब नपाएको कर्मचारीले गुनासो गरेका छन् । तत्कालीन जिल्ला प्राविधिक कार्यालय, जुम्लाका कर्मचारीले गत असारबाट तलब नपाएको भन्दै गुनासो गरेका हुन् । तत्कालीन जिल्ला प्राविधिक कार्यालय जुम्लाका प्रमुख टेक हितानका अनुसार सङ्घीय संरचनापछि कर्मचारी तथा कार्यसम्पादनमा निकै उथलपुथल भएको छ । दशैं जस्तो चाडमा थप रकम त परै जाओस्, तीन […]
पाँच लाखले पाएका छैनन् 'स्मार्ट लाइसेन्स'
काठमाडौं – सवारीचालक अनुमतिपत्र (लाइसेन्स) लिन प्रक्रिया पूरा गरेका पाँच लाखभन्दा बढी चालकले स्मार्ट कार्ड पाउन सकेका छैनन् । स्मार्ट कार्डको अभावमा ‘ट्रायल’ पास गरेकाहरूले समेत रसिदको भरमा सवारी चलाउँदै आएका छन् । आजको नयाँ पत्रिका दैनिकमा समाचार छापिएको छ ।नेपालमा २३ लाखभन्दा बढी सवारीचालक अनुमतिपत्र जारी गरिएको छ । ती अनुमतिपत्रलाई नवीकरण गर्दा स्मार्ट कार्ड […]
क्रोएसियाका पूर्वप्रधानमन्त्रीलाई युद्ध अपराधको आरोप
जाग्रेब- क्रोएसियाका पूर्व प्रधानमन्त्री इभो सानाडरलाई युद्ध अपराध गरेको ठहर गरिएको छ । युद्धका समय पदको दुरुपयोग गर्दै राज्यकोषबाट अनियमितता गरेको ठहर गर्दै क्रोएसियाको एउटा अदालतले सजाय दिनुपर्ने फैसला सोमबार गरेको समाचारमा जनाइएको छ । पूर्व प्रधानमन्त्री सानाडरले सन् १९९० को दशकमा युद्धका नाममा राज्यको श्रोत साधनको दुरुपयोग गरेको आरोप लगाइएको छ । अदालतले उनलाई साढे […]
कृष्णनगरमा फेरि अनिश्चितकालीन कर्फ्यु जारी
कपिलवस्तु– जिल्ला प्रशासन कार्यालयले कृष्णनगर बजार क्षेत्रमा अनिश्चितकालीन निषेधाज्ञा लगाएको छ । दुर्गाको मूर्ति सेलाउने क्रममा विवाद बढेपछि जिप्रकाले आइतबारदेखि निषेधाज्ञा लगाउँदै आएको थियो । गए राति कडा सुरक्षाका बीच दुर्गाको मूर्ति विसर्जन गरिएको थियो ।विजयादशमीको भोलिपल्ट एकादशीमा दुर्गा पूजाको मूर्ति विसर्जन गरिँदै आए पनि यस वर्ष विवाद भएपछि द्वादशीमा मूर्ति विसर्जन गरियो । मूर्ति विसर्जन […]
‘अनु मलिकविरुद्ध भनिएको, लेखिएको एक–एक शब्द साँचो हो’
हालै म्युजिक डायरेक्टर अनु मलिकमाथि विभिन्न महिलाले यौन उत्पीडनको आरोप लगाएका थिए । त्यसपछि उनले रियालिटी शो ‘इंडियन आइडल १० ’ मा जजको रुपमा काम पनि छोडेका छन् । वास्तवमा अनुमाथि यौन उत्पीडनको आरोप लागेपछि च्यानलले नै उनलाई जजको पदबाट हटाएको स्रोतले बताएको छ ।गायिका सोना महापात्र र श्वेता पंडितले अनु मलिकमाथि यौन उत्पीडनको आरोप […]
दुई स्थानमा बस दुर्घटना, ६८ घाइते
दमौली । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनीमा आज अपराह्न भएको बस दुर्घटनामा ३२ जना घाइते भएका छन् । लमजुङको बेँसीशहरबाट मुग्लिङतर्फ जाँदै गरेको ना४ख ७८४१ नंको बस अनियन्त्रित भई आँबुखैरेनी गाउँपालिका–२ नारीघाटमा सडकबाट १५ मिटर तल खसेको थियो ।घाइते सबैको अवस्था सामान्य रहेको र उनीहरुको छिम्केश्वरी अस्पताल आँबुखैरेनीमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय आँबुखैरेनीले जनाएको छ । बस पल्टिँदा […]








